• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अख्तियारमा अल्झिरहेको जलहरीको ११ किलो सुनको मुद्दा यसरी ‘पित्तल’ बनेर बल्झियो 

64x64
डिबी खड्का शुक्रबार, जेठ १२, २०८०  २०:३०
1140x725

काठमाडौं- पशुपतिमा सुनको जलहरी बनाउँदा अपचलन भएको आशंका गरिएको झन्डै ११ किलो सुनका विषयमा अख्तियारले छानबिन थालेको एक वर्ष भएको छ। अख्तियारले मुद्दा किनारा नलगाएको उक्त मुद्दा प्रतिनिधि सभामा पनि ‘पित्तल’का रुपमा बल्झिएको छ। 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा ‘पित्तल’ लगाएर भ्रष्टाचार गरेको आरोप लगाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार संसद् (प्रतिनिधि सभा) बैठक अवरुद्ध गर्‍यो। शुक्रबार उक्त विषयमा सहमतिको बिन्दु खोज्न नसकेपछि शनिबारका लागि प्रतिनिधि सभा स्थगित भएको छ।

एमालेले सुनको सट्टा पित्तल राखेको प्रमाणित नभएसम्म संसद अवरोध कायम राख्ने जनाएको छ। माओवादी केन्द्रका सांसद दाहालले ‘अधुरो सूचना’ संसद्‌बाट प्रस्तुत गर्दा प्रतिपक्षले मुद्दा बनाएको हो। दाहालले भनेजस्तै सुनको भनेर पित्तलको जलहरी राखेको नभइ जलहरी निर्माण गर्दा बाँकी रहेको ११ किलो सुनबारे विवाद भएको हो।

दाहालले जेठ १० गते (मंगलबार)को प्रतिनिधि सभा बैठकमा भनेका थिए, ‘उहाँ (केपी ओली)  सरकारमा बस्दाखेरी कति भ्रष्टचारका काण्डहरु आए। यति, ओम्नी, स्वास्थ सामग्रीका २ अर्ब भ्रष्टाचार। त्यति मात्र होइन, पशुपतिको जलहरी लगाउँदा पनि सुनको लगाउने भनेर पित्तल लाएर गरेका सयौं भ्रष्टचारहरु छन्।’

दाहालले उक्त सुनको बारेमा नभइ पित्तल प्रयोग गरेको आरोप लगाएपछि एमालेले प्रतिरोध गरेको हो। एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘लेखनाथ दाहालले एमालेको नेतृत्वको सरकार हुँदा पशुपतिमा जलहरीका निम्ति पित्तल लगाउने काम भएको छ। भ्रष्टाचार भएको छ। कुन तथ्यमा उभिएर आएको छ? कसरी आएको छ? निन्दा गर्न चाहन्छौं। पशुपति जलहरी पित्तल हो भने सरकारले जवाफ दिनुपर्छ। जवाफ नआउँदासम्म एक इन्च पनि संसद् अघि बढ्न दिइन्न।’ 

एमालेले आयोजना गरेको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध हुनैपर्ने बताए। ’कोभिडमा औषधिको दुई अर्ब खायो। पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरे, भनेर एक जनाले बोले। यस्तो बकवास जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो बोल्दैन। आधारहीन र बकबास! संसद्जस्तो गरिमामय ठाउँमा  त्यस्तो बोल्न पाइन्छ?’ उनले भने। 

जलहरी विवादमा कांग्रेस,माओवादी र राप्रपा सांसदको एउटै स्वर:  ‘छानबिनका लागि संसदीय समिति बनाउनुपर्छ’ 

उनले बोलेका कुरामा त्यसको पुष्टि हुनुपर्ने बताए। तर, पुष्टि हुने सम्भावना नरहेको उनको भनाइ छ।  ‘जसले जीवनभर भ्रष्टाचार विरोधी अभियान चलायो, उसैमाथि आरोप लगाउने यो देशद्रोही काम हो। यस्ता मान्छेहरु क्रियाशील छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

अर्को एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले संसद् अवरोध सही भएको भन्दै सांसद दाहालविरुद्ध आक्रोशको आगो ओकले। ‘कुनै सामाजिक मर्यादा नबुझ्ने तत्व संसद्‌मा पुगेका छन्,’ उनले थपे, ‘जलहरी सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले? मैले त रकम न दिन हो।’

प्रकरण के हो?
सांसद दाहालले सुनको ठाउँमा पित्तल राखेको आरोप लगाउँदा संसद्‌मा बहस विषयान्तर भएको छ। तर, जलहरी निर्माणका समयमा भएको सुनको अपचलनबारे कसै न कसैले कुरा उठाउन भने जरुरी थियो। महालेखालेसमेत प्रश्न उठाएको उक्त सुन प्रकरणका विषयमा अख्तियारमा उजुरी छ। छानबिनमा ढिलाई भइरहेको समयमा त्यसका लागि यो बहसले बल पुग्ने देखिन्छ।

अख्तियारका प्रवक्ता भोला दाहाल छानबिनकै प्रक्रियामा रहेको बताउँछन्। उनले नेपाल लाइभसँग भने, ‘प्रक्रिया भन्न मिलेन। त्यो विषयमा हामीले छानबिन गरिरहेकै छौं।'

संसद् अवरोध गर्नेगरी उठेको पशुपतिको ‘जलहरी विवाद’ के हो?

Xtrem

Xtrem

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सुनको जलहरी बनाउने निर्णय भएको थियो। जसका लागि सरकारले ३० करोड रुपैयाँ दिएको थियो। त्योबेला पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल थिए। पर्यटनमन्त्री नै पशुपति विकास कोषको अध्यक्षसमेत बन्ने व्यवस्था छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसपछि जलहरी निर्माण प्रक्रिया अघि बढेको थियो। 

२०७७ माघ १४ गते पर्यटमन्त्री ढकाल अध्यक्ष रहेको पशुपति क्षेत्र विकास कोषको बैठक बसेको थियो। उक्त बैठकले कोषबाट ५० करोड,  सरकारबाट ३० करोड जलहरीका लागि छुट्याउने निर्णय गर्नुका साथै नपुग रकमका लागि सरकारसँग माग गर्ने निर्णय गरेको थियो। सुन खरिद गर्न राष्ट्र बैंकसँग सम्झौता गर्ने अख्तियार तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाललाई दिने निर्णय समेत गरिएको थियो।

05-trust-decision1685110471.jpg

त्यही निर्णयअनुसार माघ २६ गते कोषका तर्फबाट डा ढकाल र नेपाल राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले १०८ किलो सुन किनबेच गर्ने सम्झौता गरेका हुन्। कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि उक्त वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो।

04-mou-nrb1685110591.jpg

माघ २९ गतेदेखि जलहरी बनाउने काम सुरू भएको थियो। फागुन २७ गते शिवरात्रि पर्ने  त्यसअघि नै बनाएर सक्ने योजना कोषको थियो। २०७७ साल फागुन १२ गते तत्कालीन  राष्ट्रपति विद्यादेवि भण्डारीले जलहरीको साइत गरेकी थिइन्। 

सर्वोच्चमा बहस चलिरहँदा राष्ट्रपतिले राखिन् पशुपतिमा ८० करोडको सुनको जलहरी

कोषले त्यसको एकदिनअघि २०७७ फागुन ११ गते ९६ किलो ८२२ ग्राम उक्त जलहरीमा प्रयोग भएको ‘माइन्युट’ गरेको छ। त्यही माइन्युट शंकास्पद देखिएको छ। जहाँ निर्णयको ‘फुटनोट’मा उल्लेख छ, ‘बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाइ जलहरीमा लगाइयो।’ त्यही माइन्युटसहित अख्तियारमा उजुरी परेको हो। 

FxDFAnhaMAAvfv31685110879.jpeg

स्रोत :कान्तिपुर

महालेखाको प्रश्न पनि त्यही
महालेखा परीक्षकको कार्यालयले पनि त्यही विषयमा प्रश्न उठाएको हो। आफ्नो ५९औं प्रतिवेदनमा जलहरी बनाउने क्रममा बाँकी रहेको त्यही परिमाणको सुनबारे प्रश्न उठाएको छ। महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू.७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण (१० किलो ९७६ ग्राम) रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन।’

महालेखाले बाँकी रहेको सबै १० किलो ९७६ ग्राम नै रिङ बनाउनमा खर्च भएको पुष्टि हुने विवरण पेस नभएको बताएको थियो। पुष्टि हुने आधार नदेखिएकाले रिङ बनाउन खर्च भएको सुनमध्ये केही अपचलन भएको हुनसक्न आशंका महालेखाले गरेको हो। 

cree1685093353.png

कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विवादमा आइरहनुपर्ने विषय नभएको बताउँछन्। उनले भने, ‘तत्कालीन समय (फागुन १२ गते) साइत हेरेर जलहरी राखिएको हो। सुरुमा पाताहरु राखिएको थियो। त्यसलाई बाँध्ने किला र अन्य राख्ने क्रममा यो विवाद सर्वोच्च अदालत पुग्यो। पाता राख्दा निस्केको कुरा सेनाले सुरक्षित राखेको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै यथास्थानमा राख्न भन्यो। अदालतले भनेपछि यसमा खुला देखिएकाले रिङ बनाएर राख्ने कुरा भयो,’ उनले भने। पछि त्यसमा रिङ बनाएर राखिएको उनले बताएका छन्। 

डा ढकालले पशुपतिनाथमा राख्ने कुरामा कसैले त्यस्तो गडबड नगर्ने दाबी गरेका छन्। उनले नेपाललाइभसँग भने, ‘यसमा अनुगमन गर्ने संयन्त्र पनि थियो। मन्त्री, मन्त्रालयका सचिव, पुरातत्वको महाप्रबन्धक र म पनि त्यसमा थियौं। हामीले त्यही अनुसार काम  गरेका हौं।’

त्यहीबेला सर्वोच्चमा मुद्दा परेपछि सबै काम सम्पन्न भएर किला ठोक्न बाँकी रहेको जवाफ पनि पठाएको उनले बताएका छन्।  उनले थपे, ‘पित्तल राखिएको कुरा गलत हो। यसमा कहि गलत भएको भएको भए छानबिन गर्दा हुन्छ। कम तौल भएको भए जोख्ने वा त्यसको पत्ता लगाउने विधि हुनसक्छ।’ त्यस विषयमा अख्तियारमा उजुरी परेपछि आफूहरुले बयानसमेत दिइसकेको उनले उल्लेख गरे।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्