• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संसद् अवरोध गर्नेगरी उठेको पशुपतिको ‘जलहरी विवाद’ के हो?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १२, २०८०  १३:५८
1140x725
पशुपतिनाथ मन्दिर (फाइल तस्बिर)

काठमाडौं– पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा ‘पित्तल’ लगाएर भ्रष्टाचार भएको भन्ने माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको आरोपछि  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार संसद् (प्रतिनिधि सभा) बैठक अवरुद्ध गरेको छ। सत्ता पक्षका सांसदले जलहरीमा राख्दा भ्रष्टाचार भएको भनेर आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निराधार आरोप लगाएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको हो। 

सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा जेठ १० गते (मंगलबार)को प्रतिनिधि सभा बैठकमा सांसद दाहालले भनेका थिए, ‘उहाँ (केपी ओली)  सरकारमा बस्दाखेरी कति भ्रष्टचारका काण्डहरु आए। यति, ओम्नी, स्वास्थ सामग्रीका २ अर्ब भ्रष्टचार। त्यति मात्र होइन पशुपतिको जल्लाहरी लगाउँदा पनि सुनको लगाउने भनेर पित्तल लाएर गरेका सयौँ भ्रष्टचारहरु छन्।’

यही विषयलाई लिएर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको धारणाका साथै आधार माग गरेका हुन्। उनले भने, ‘लेखनाथ दाहालले एमालेको नेतृत्वको सरकार हुँदा पशुपतिमा जलहरीका निम्ति पित्तल लगाउने काम भएको छ। भ्रष्टाचार भएको छ। कुन तथ्यमा उभिएर आएको छ? कसरी आएको छ? निन्दा गर्न चाहन्छौं। पशुपति जलहरी पित्तल हो भने सरकारले जवाफ दिनुपर्छ। जवाफ नआउँदासम्म एक इन्च पनि संसद् अघि बढ्न दिइन्न।’ 

जलहरी विवाद के हो?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। त्यसपछि जलहरी निर्माण प्रक्रिया अघि बढेको थियो। २०७७ साल फागुन १२ गते राष्ट्रपति विद्यादेवि भण्डारीले जलहरीको साइत गरेकी थिइन्। 

महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनमा जलहरी बनाउने क्रममा केही सुन हिनामिना भएको विषय उठाएको छ। महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू.७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण (१० किलो ९७६ ग्राम) रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

cree1685093353.png

पुशपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि उक्त वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो। यो सुनमध्ये ९६ किलो ८२२ ग्राम जलहरी लगाउन खर्च गरिएको थियो भने बाँकी १० किलो ९७६ ग्राम रिङ बनाउन खर्च गरिएको बताइएको थियो। 

महालेखाले बाँकी रहेको सबै १० किलो ९७६ ग्राम नै रिङ बनाउनमा खर्च भएको पुष्टि हुने विवरण पेस नभएको बताएको थियो। रिङ बनाउन खर्च भएको सुनमध्ये केही अपचलन भएको हुनसक्न आशंका महालेखाले गरेको हो। 

Xtrem
Xtrem

सत्ता पक्षका सांसद दाहालले सुनको भनेर पित्तलको राखिएको उल्लेख गरेपछि एमाले आक्रोशित बनेको हो। सोही विषयले गर्दा शुक्रबार ढिलोगरी सुरु भएको प्रतिनिधि सभा बैठक अवरुद्ध हुन पुग्यो। 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकार पक्षले नै आरोप लगाएकाले आमजनले त्यही रुपमा बुझ्ने बताए। त्यसैले सुन वा पित्तल भनेर प्रमाणित नभएसम्म संसद् अघि बढाउन नसकिने उनको भनाइ थियो।  'सुनको जलहरी होइन भने कारबाही गरियोस्। सुनको नै हो भने यस्तो गलत भन्न पाइन्छ कि पाइँदैन? राफसाफ गरियोस्। टुंगोमा नपुगी उठियो भने हामीमाथि गम्भीर आरोप लाग्छ,' उनले भने। 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
सप्तरीमा ५०० घर डुबानमा
सम्बन्धित सामग्री
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द निरन्तरको वर्षाका कारण पहिरो खस्न थालेपछि बागमती प्रदेशअन्तर्गत चितवन र धादिङका प्रमुख सडकखण्डमा सवारीसाधनको आवागमन बन्द गरिएको प्रह... आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्... आइतबार, असोज ११, २०८३
सप्तरीमा ५०० घर डुबानमा लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सप्तरीमा ५०० घर डुबानमा आइतबार, असोज ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्