काठमाडौं - टिकापुर प्रकरणमा जन्मकैद भोगिरहेका रेशम चौधरीलाई कैद मिनाहा गर्दै जेलमुक्त गर्नेगरी सरकारले राष्ट्रपि कार्यालयमा पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमै फिर्ता पठाएका छन्।
प्रचलित कानून, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरी कानून बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो।
साथमा टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदनलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्यार्थ पठाएको छ ।
टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी हिंसात्मक घटनामा भएको थियो। सोही घटनामा दोषी ठहर भई रेशम जन्मकैदको सजाय भोगिरहेका छन्। उनी २०७४ फागुनदेखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।