काठमाडौं- रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैंचाबाट सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आइटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको छ।
मंगलबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित सामानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो।
सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए। बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।