काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ।
बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
प्रहरीले पठाएको रायमा सरकारी कीर्ते र एकीकृत कसुर थपेर ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध ५ वटा कसुरमा मुद्दा दर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।