काठमाडौं- सरकारले जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यका बिदा दिने निर्णय गरिएको जनाएको छ।
उपत्यकामा पर्ने तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भोटो देखाउने जात्राको दिन सार्वजनिक बिदा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।