वासिङ्टन– अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्।
‘मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट बन्ने छ’, राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत उल्लेख गरेका छन्।
अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौताका लागि दुबै पक्षका वार्ताकारहरूले कुराकानी गरिरहेकोले सम्भवतः हप्तान्तसँगै उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता पुनर्संरचनासहित नवीकरण हुनेछ।
‘पूरानो तथा नया सरकारमा रहेका केही साच्चै असल व्यक्तिहरू र अन्य सबैले सँगै रहेर काम गरिरहेका छन्। मेक्सिकोसँगको विशाल व्यापार सम्झौता छिट्टै हुनेछ।’, राष्ट्रपतिले भनेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।