• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विचौलियाको बयानमा पोलिए ओलीनिकट पनि

आरजु–मञ्जु उद्धृत अडियो स्वीकार, आरोप अस्वीकार 
64x64
नेपाल लाइभ बुधबार, जेठ १०, २०८०  १०:३४
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपीहरुले एमाले नेताहरु र निकटस्थहरुको समेत नाम लिएका छन्। मुख्य आरोपीद्वय केशव प्रसाद दुलाल र सानु भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थहरुका साथै उपाध्यक्ष रामबहादुर थापा बादल र उनकी पत्नीसहितको नाम लिएका हुन्। 

आरोपी दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई छोरा प्रतिक र श्रीमती नैनकलामार्फत् रकम बुझाएको बयान दिएका छन्। उनले भनेका छन्, ‘बादलका छोरा प्रतीक थापामार्फत् मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाइ मिति २०७६ साल असारमा १ करोड बुझिलिएको हो।’ 

भण्डारीले पनि तत्कालीन गृहमन्त्री थापाले छोरा प्रतीकमार्फत मन्त्री क्वार्टरमै बोलाएर ३ करोड लिएको उनको दाबी गरेका छन्। त्यसमध्ये १ करोड थापा पत्नी नैनकलाले बुझेको उनको भनाइ छ। यस्तै प्रतीकले २०७६ असारमा नक्सालको एक होटलमा छुट्टै १ करोड रुपैयाँ लिएको दाबी उनको बयानमा समेत छ।

तत्कालिन गृहसचिव र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईमार्फत् गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाइ मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको आरोप दुलालको छ। यसैगरी सानु भण्डारीले तत्कालीन गृहसचिव राईलाई इन्द्रजितमार्फत् १ करोड रुपैयाँ गाडीमा राखिदिएको बयान दिएका छन्। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत् आफूलाई बोलाएर २०७६ साल असोजमा १ करोड नगद नै लिएको पनि उनको दाबी छ। 

nimb
nimb

उनले थप भनेका छन्, ‘तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाइ सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन्।’

तत्कालीन प्रधानमन्त्री ओलीका पूर्व सल्लाहकार अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न रकम अपुग भएको भन्दै लिएको बयानमा दाबी गरिएको छ। अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितलाई जनही १ करोड दिइएको दाबी गरिएको छ। दुलालको उक्त बयानमा भण्डारीले पनि सहयोग पुग्ने बयान दिएका छन्। 

आरजु-मञ्जुको नाम पोलेको स्वीकार, संलग्नता अस्वीकार
केही समयअघि एउटा अडियो बाहिरिएको थियो। जहाँ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणा र पूर्वगृहमन्त्री खाणकी पत्नी समेत रहेकी सांसद मञ्जु खाणको नाम लिइएको थियो। 

फोन संवादमा आफूले रकम बुझाएको दाबी गर्ने नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया मध्येका एक सन्देश शर्मा रहेको पुष्टि भएको छ। उक्त अडियोमा संवाद गर्नेहरुमा एक आफू रहेको शर्माले बयानमा बताएका छन्। तर आफूले करकापमा परेर उनीहरुको नाम लिएको बताउँदै आरजु र मञ्जुको संलग्नता भने अस्वीकार गरेका छन्। 

‘जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारिसके। निजहरु आएको समयमा हामी तपाईंलाई फोन गर्छौं। सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएको छौं भनि जानकारी गराइदिनु भयो भने बाच्छौं भनि पहिले नै भनेका थिए,’ उनले बयानमा भनेका छन्, ‘त्यहीअनुसार मैले फोन गरेको हुँ। पहिले नै उनीहरुको नाम लिइ पैसा दिएको हो भनी भन्नु भनेको हुँदा उनीहरुले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनु भनेर मञ्जु खाणको समेत नाम लिइ मैले रकम बुझाएको हो भनी कुरा गरेको हो।’

यसैगरी दुलालले उक्त अडियोका विषयमा आफूलाई कुनै जानकारी नभएको बयान दिएका छन्। उनले बयानमा भनेका छन्, ‘सन्देश शर्माले आरजु देउवालाई २ करोड बुझाएको हो, ६ करोड रुपैयाँ त्यो बालकृष्ण खाणलाई बुझाएको हो, उक्त रकम मञ्जु दिदीले लिनुभएका, हनुमानथान भित्र घर छ, त्यही बुझाएको हो भनी बोलेका कुरा सम्बन्धमा मलाई थाहा भएन।’

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कोषमा शिवशक्ति ग्रुपबाट ५१ लाख रुपैयाँ सहयोग
बाढीको केन्द्रमा ताल बढेको भन्दै सरकारले जारी गर्‍यो सुचना
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सद्दारा सात करोड रुपैयाँ सहयोगको घोषण
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री कोषमा शिवशक्ति ग्रुपबाट ५१ लाख रुपैयाँ सहयोग बिहीबार, भदौ ११, २०८३
बाढीको केन्द्रमा ताल बढेको भन्दै सरकारले जारी गर्‍यो सुचना बिहीबार, भदौ ११, २०८३
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सद्दारा सात करोड रुपैयाँ सहयोगको घोषण बिहीबार, भदौ ११, २०८३
जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने बिहीबार, भदौ ११, २०८३
प्यूठानका तीन पालिकाबाट उद्धार कोषमा सहयोग बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्