• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हज कमिटीका अध्यक्ष मियाको बयान: गाडी दिएको हुँ, संलग्नलाई कडा कारबाही हुनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १९:३८
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हज कमिटीका अध्यक्ष शमशेर मियाले उक्त प्रकरणमा आफू संलग्न नरहेको बयान दिएका छन्।

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले गृह मन्त्रालयले उपलब्ध गराएको गाडी सन्देश शर्मालाई दिएको तर उनले त्यसलाई अन्यत्र लगेको र आफूलाई यो विषयमा केही जानकारी नभएको बताए।

‘उक्त गाडी नै मैले चढ्ने गरेको गाडी हो, गाडी म बाहेक हज कमिटीका सदस्यहरू तथा हाल अनुसन्धान क्रममा पक्राउ परेका सन्देश शर्मा समेतले कहिले काही चढ्ने गरेको थियौं,’ उनले बयानमा भनेका छन्, ‘सन्देश शर्माले पारिवारिक समस्या छ भनी उक्त गाडी माग गरेकोले मैले निजलाई केही दिनको लागि गाडी दिएको हो। निजसँग राम्रो सम्बन्ध भएकाले निजले भनेको ठाउँ ललितपुरको होटल हाल पक्राउमा परेका प्रतिवादी टंक गुरुङले सन्चालन गरेको रेष्टुरेन्टमा मसमेत कहिले काँही खान जाने गरेकाले उक्त रेष्टुरेन्टमा चालक प्रेमकुमार गौतमलाई गाडी छाड्न भनेको हुँ।’

साथै उनले यो प्ररकणमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। ‘गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइन,’ उनले बयानमा भनेका छन्, ‘यसमा संलग्न रहेका प्रतिवादीहरुलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्छ, पीडितले न्याय पाउनुपर्छ।’

यस्तो छ उनको बयान 
मैले नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयबाट सरकारी नम्बर प्लेट भएको गाडी थान–१ र चालक समेत उपलब्ध हुदै आई रहेको थियो। म हज कमिटीको अध्यक्ष पदमा नियुक्ति भए पश्चात मलाई गृह मन्त्रालयबाट नम्बर यकिन हुन नआएको प्राडो गाडी उपलब्ध भएको थियो। सो गाडी १ बर्ष जती चढे पश्चात पुनः मलाई बा.१ झ.१५८१ नम्बरको निसान पेट्रोल जिप उपलब्ध भयो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त गाडी ८ महिना चढेपछि कर तिर्न भनी यातायात कार्यालय जाँदा सो नम्बरको अभिलेख भेटिएन। गृह मन्त्रालय अन्तर्गत आन्तरिक सवारी शाखामा गई सो कुरा जानकारी गराउँदा सो गाडीको वास्तविक नम्बर बा. १ झ १५८१ नभई बा. १ ञ.१५८१ रहेको जानकारी प्राप्त भएकाले मैले निजहरू कै सुझाव अनुसार उक्त बा.१ ञ.१५८१ नम्बरको नम्बर प्लेट राखी चढ्दै आएकोमा सरकारी गाडीमा ईम्बोस्ड नम्बर राख्ने भनी पछी हाल कायम रहेको BAB1405 प्लेट राखी चढ्दै आएको थिएँ।

म हज समितिको अध्यक्ष रहेको बेला मलाइ उपलब्ध भएको नेपाल प्रहरीको चालक प्र.ह.रेशम गुरुङ, प्र. ज. मनोज लामा हुन, शसस्त्र प्रहरीका प्र.स.ह.प्रेम गौतम र नेपाल प्रहरीका प्र.स.ह. डोल राज पाण्डे र करारमा राखेका प्रभास परियार भन्ने यम बहादुर परियार रहेका थिए। प्रहरी कार्यालयमा दाखिला हुन आएको BAB1405 नम्बरको गाडी मलाई देखाउँदा देखे, उक्त गाडीनै मैले चढ्ने गरेको गाडी हो, गाडी म बाहेक हज कमिटीका सदस्यहरू तथा हाल अनुसन्धान क्रममा पक्राउ परेका सन्देश शर्मा समेतले कहिले काही चढ्ने गरेको थिए।

सन्देश शर्माले पारिवारिक समस्या छ भनी उक्त गाडी माग गरेकोले मैले निजलाई केही दिनको लागी गाडी चाहियो भन्दा निजसंग राम्रो सम्बन्ध भएकाले निजले भनेको ठाउँ ललितपुरको होटल हाल पक्राउमा परेका प्रतिवादी टंक गुरुङले सन्चालन गरेको रेष्टुरेन्टमा म समेत कहिले काही खान जाने गरेकाले उक्त रेष्टुरेन्टमा चालक प्रेम कुमार गौतमलाई गाडी छाड्न भनेको हुँ भने निज चालकलाई केही दिनको लागी घरमा बस भनेको हुँ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५÷६ दिन पछी मात्र निज सन्देश शर्माले गाडी ल्याई सोही रेष्टुरेन्टमा छाडेको जानकारी दिएकाले चालक प्रेम गौतमलाई उक्त गाडी लिन पठाएको हुँ। गृह मन्त्रालय अन्तर्गत आन्तरिक शाखाबाट वास्तविक नम्बर नै उक्त गाडीमा राख्ने भन्ने सल्लाह भए अनुसार मर्मतका क्रममा गाडीको नम्बर प्लेट समेत वास्तबिक बा. १ ञ.१५८१ नम्बरको प्लेट राखी चालकले गाडी लिई आएका हुन्।

आज भन्दा २ वर्ष पहिले ललितपुर बखुण्डोलमा रहेको प्रतिवादी टंक कुमार गुरुङको रिसोर्टमा सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्देश शर्मा समेत भेटघाट हुँदा नेपाली नागरीकहरूलाई तेश्रो मुलुक समेत पठाउने कार्य हुँदैछ भनी एक आपसमा कुराकानी गरेको मैले सुनेको थिए।

गैह्र भुटानी शरणार्थीहरूलाई तेश्रो देश पठाई दिने कार्यमा संलग्न रहेका उच्च पदस्थका कर्मचारीहरू समेत पक्राउ परेको र सोही बिषयमा मेरो नाम समेत जोडीन आएकोले प्रहरीले मलाई पनि पक्राउ गर्न सक्छ भन्ने सोची मैले बोक्ने गरेको IMe\ No=352865670451178 रहेको Iphone 13 Pro max -A2484_ Apple कम्पनीको मोबाईल थान–१ मा रहेको सम कार्ड 9857025699 निकाली उक्त मोवाईल भारतको गोरखपुर भन्ने स्थानमा रहेको खोलामा फ्याँकी दिएको थिए।

हाल मैले IMEI No=868932038271495÷868932038271503 भएको MI कम्पनीको मोबाईलमा 9857025699 नम्बर को सिम राखी चलाउँदै आएको छु। म समेतलाई प्रहरीले खोजतलास गर्दै छ भन्ने थाहा पाई म डर त्रासमा भागी उक्त मोबाईल फ्याँकेको हो। गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्य ठीक होईन, यसमा संलग्न रहेका प्रतिवादीहरुलाई कानून बमोजिम कडा कारवाही हुनु पर्छ, पिडितले न्याय पाउनुपर्छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्