• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हज कमिटीका अध्यक्ष मियाको बयान: गाडी दिएको हुँ, संलग्नलाई कडा कारबाही हुनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १९:३८
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हज कमिटीका अध्यक्ष शमशेर मियाले उक्त प्रकरणमा आफू संलग्न नरहेको बयान दिएका छन्।

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले गृह मन्त्रालयले उपलब्ध गराएको गाडी सन्देश शर्मालाई दिएको तर उनले त्यसलाई अन्यत्र लगेको र आफूलाई यो विषयमा केही जानकारी नभएको बताए।

‘उक्त गाडी नै मैले चढ्ने गरेको गाडी हो, गाडी म बाहेक हज कमिटीका सदस्यहरू तथा हाल अनुसन्धान क्रममा पक्राउ परेका सन्देश शर्मा समेतले कहिले काही चढ्ने गरेको थियौं,’ उनले बयानमा भनेका छन्, ‘सन्देश शर्माले पारिवारिक समस्या छ भनी उक्त गाडी माग गरेकोले मैले निजलाई केही दिनको लागि गाडी दिएको हो। निजसँग राम्रो सम्बन्ध भएकाले निजले भनेको ठाउँ ललितपुरको होटल हाल पक्राउमा परेका प्रतिवादी टंक गुरुङले सन्चालन गरेको रेष्टुरेन्टमा मसमेत कहिले काँही खान जाने गरेकाले उक्त रेष्टुरेन्टमा चालक प्रेमकुमार गौतमलाई गाडी छाड्न भनेको हुँ।’

साथै उनले यो प्ररकणमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। ‘गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइन,’ उनले बयानमा भनेका छन्, ‘यसमा संलग्न रहेका प्रतिवादीहरुलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्छ, पीडितले न्याय पाउनुपर्छ।’

यस्तो छ उनको बयान 
मैले नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयबाट सरकारी नम्बर प्लेट भएको गाडी थान–१ र चालक समेत उपलब्ध हुदै आई रहेको थियो। म हज कमिटीको अध्यक्ष पदमा नियुक्ति भए पश्चात मलाई गृह मन्त्रालयबाट नम्बर यकिन हुन नआएको प्राडो गाडी उपलब्ध भएको थियो। सो गाडी १ बर्ष जती चढे पश्चात पुनः मलाई बा.१ झ.१५८१ नम्बरको निसान पेट्रोल जिप उपलब्ध भयो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त गाडी ८ महिना चढेपछि कर तिर्न भनी यातायात कार्यालय जाँदा सो नम्बरको अभिलेख भेटिएन। गृह मन्त्रालय अन्तर्गत आन्तरिक सवारी शाखामा गई सो कुरा जानकारी गराउँदा सो गाडीको वास्तविक नम्बर बा. १ झ १५८१ नभई बा. १ ञ.१५८१ रहेको जानकारी प्राप्त भएकाले मैले निजहरू कै सुझाव अनुसार उक्त बा.१ ञ.१५८१ नम्बरको नम्बर प्लेट राखी चढ्दै आएकोमा सरकारी गाडीमा ईम्बोस्ड नम्बर राख्ने भनी पछी हाल कायम रहेको BAB1405 प्लेट राखी चढ्दै आएको थिएँ।

म हज समितिको अध्यक्ष रहेको बेला मलाइ उपलब्ध भएको नेपाल प्रहरीको चालक प्र.ह.रेशम गुरुङ, प्र. ज. मनोज लामा हुन, शसस्त्र प्रहरीका प्र.स.ह.प्रेम गौतम र नेपाल प्रहरीका प्र.स.ह. डोल राज पाण्डे र करारमा राखेका प्रभास परियार भन्ने यम बहादुर परियार रहेका थिए। प्रहरी कार्यालयमा दाखिला हुन आएको BAB1405 नम्बरको गाडी मलाई देखाउँदा देखे, उक्त गाडीनै मैले चढ्ने गरेको गाडी हो, गाडी म बाहेक हज कमिटीका सदस्यहरू तथा हाल अनुसन्धान क्रममा पक्राउ परेका सन्देश शर्मा समेतले कहिले काही चढ्ने गरेको थिए।

सन्देश शर्माले पारिवारिक समस्या छ भनी उक्त गाडी माग गरेकोले मैले निजलाई केही दिनको लागी गाडी चाहियो भन्दा निजसंग राम्रो सम्बन्ध भएकाले निजले भनेको ठाउँ ललितपुरको होटल हाल पक्राउमा परेका प्रतिवादी टंक गुरुङले सन्चालन गरेको रेष्टुरेन्टमा म समेत कहिले काही खान जाने गरेकाले उक्त रेष्टुरेन्टमा चालक प्रेम कुमार गौतमलाई गाडी छाड्न भनेको हुँ भने निज चालकलाई केही दिनको लागी घरमा बस भनेको हुँ।

सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५÷६ दिन पछी मात्र निज सन्देश शर्माले गाडी ल्याई सोही रेष्टुरेन्टमा छाडेको जानकारी दिएकाले चालक प्रेम गौतमलाई उक्त गाडी लिन पठाएको हुँ। गृह मन्त्रालय अन्तर्गत आन्तरिक शाखाबाट वास्तविक नम्बर नै उक्त गाडीमा राख्ने भन्ने सल्लाह भए अनुसार मर्मतका क्रममा गाडीको नम्बर प्लेट समेत वास्तबिक बा. १ ञ.१५८१ नम्बरको प्लेट राखी चालकले गाडी लिई आएका हुन्।

आज भन्दा २ वर्ष पहिले ललितपुर बखुण्डोलमा रहेको प्रतिवादी टंक कुमार गुरुङको रिसोर्टमा सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्देश शर्मा समेत भेटघाट हुँदा नेपाली नागरीकहरूलाई तेश्रो मुलुक समेत पठाउने कार्य हुँदैछ भनी एक आपसमा कुराकानी गरेको मैले सुनेको थिए।

गैह्र भुटानी शरणार्थीहरूलाई तेश्रो देश पठाई दिने कार्यमा संलग्न रहेका उच्च पदस्थका कर्मचारीहरू समेत पक्राउ परेको र सोही बिषयमा मेरो नाम समेत जोडीन आएकोले प्रहरीले मलाई पनि पक्राउ गर्न सक्छ भन्ने सोची मैले बोक्ने गरेको IMe\ No=352865670451178 रहेको Iphone 13 Pro max -A2484_ Apple कम्पनीको मोबाईल थान–१ मा रहेको सम कार्ड 9857025699 निकाली उक्त मोवाईल भारतको गोरखपुर भन्ने स्थानमा रहेको खोलामा फ्याँकी दिएको थिए।

हाल मैले IMEI No=868932038271495÷868932038271503 भएको MI कम्पनीको मोबाईलमा 9857025699 नम्बर को सिम राखी चलाउँदै आएको छु। म समेतलाई प्रहरीले खोजतलास गर्दै छ भन्ने थाहा पाई म डर त्रासमा भागी उक्त मोबाईल फ्याँकेको हो। गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्य ठीक होईन, यसमा संलग्न रहेका प्रतिवादीहरुलाई कानून बमोजिम कडा कारवाही हुनु पर्छ, पिडितले न्याय पाउनुपर्छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर)
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान
सम्बन्धित सामग्री
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ... शुक्रबार, असोज २, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्किने यात्रुलाई प्रयोग गरी सुन भित्र्याउ... बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौलागाईंलाई बिहीबार साँझ मन्थलीबाट नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग ग... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्