• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

केशव दुलालको इन्कारी बयान- सन्देश शर्माले आरजु देउवालाई दुई करोड बुझाएको भनी बोलेका कुरा मलाई थाहा भएन

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १९:२८
1140x725

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त भनिएका केशव दुलालले पूरै इन्कारी बयान दिएका छन्। उनले त्यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। आफूकहाँ आएका कागजातहरुको विषयको प्रयोजनसमेत थाहा नभएको उल्लेख गरेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा र खाणपत्नी मञ्जु खाणका विषयमा केही सयमअघि सार्वजनिक अडियोका विषयमासमेत उनलाई केरकार गरिएको छ। प्रहरीले अडियोमा रहेको संवाद गजेन्द्र बुढाथोकी र शन्देश शर्माबीच रहेको उल्लेख गरेको छ।

उक्त अडियोका विषयमा के कुराकानी भएको हो मलाई केही थाहा छैन। उनले बयानमा भनेका छन्,  'सन्देश शर्माले आरजु देउवालाई दुई करोड बुझाएको हो, छ करोड रुपैयाँ त्यो बाल कृष्ण खाणलाई बुझाएको हो, उक्त रकम मञ्जु दिदीले लिनु भएका, हनुमान थान भित्र घर छ, त्यही बुझाएको हो भनी बोलेका कुरा सम्बन्धमा मलाई थाहा भएन।'

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ उनको बयान

जाहरवालाहरु गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मीलाई मैले चिनेको छैन, निजहरूलाई अमेरिका पठाई दिने भनी कुराकानी समेत गरेको छैन, मैले कुनै उच्च अधिकारी र प्रधान मन्त्रीसँग कुरा गरेको छैन, मैले अमेरिका जान पाईन्छ भनी निजहरुलाई कुनै अफर(प्रस्ताव) गरी विश्वास दिलाएको समेत छैन, प्रतिवादी सन्देश शर्माको WhatsApp बाट पठाएको भनिएको श्रम मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारका बिभिन्न निकायहरुबाट भुटानी शरणार्थीहरुको सम्बन्धमा भएको निर्णय र सो संग सम्बन्धि समाचारको फोटो, कागज पत्रहरुको के-कुन प्रयोजनको लागी पठाएका हुन मलाई जानकारी भएन । निजहरुले जाहेरी दरखास्तमा उल्लेख गरे अनुसार मैले कोही कसैलाई ठगी गरेको छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जाहेरी दरखास्तमा जाहेरवाला गजेन्द्र बुढाथोकीको चिनजान र सम्पर्कमा रहेका सन्तोष शर्मा, बिबेक थापा, प्रदिप अर्याल, सन्देश जंग ठकुरी, संजिब गौतम, सन्देश गौतम, दिपेन्द्र लामिछाने, दिपक के.सी र धन बहादुर भण्डारी समेत ६१ जना व्यक्तिहरुसँग मेरो चिनजान र सम्पर्क छैन, चिनजान नै नभएका व्यक्तिहरुलाई मैले काठमाण्डौको सुन्धारा भेट गर्ने भन्ने विषय हुनै सक्तैन, निजहरुले म माथी लगाएको आरोप निराधार र झुठ्ठा हो। जाहेरी दरखास्तमा जाहेरवालाले नाम उल्लेख गरेका बिराज पाण्डे, डम्बर खत्री, यज्ञ ओली, समिर लामिछाने, गौतम गिरी, सुजल के.सी., असिमओली, चन्द्र बहादुर खड्का, पदमसिंह खत्री, महेन्द्र कुसारी, मान बहादर खत्री, मनिस डि.सी., मुमकान्त पाण्डे, मनोज के.सी. समेत २० जना व्यक्तिहरुसंग मेरो कुनै चिनजान छैन, सिह परिसर भर्न लगाई बायोमेट्रिक गरी, फोटो खिची, ट्राभल डकुमेन्ट बनाउनु पर्छ भनेको छैन मार्यको लागी रकम दिनु भनी रु.१०,००,०००/- (दस लाख) देखी रु.२०,००,०००।- (बिस लाख) सम्म रकम माग गरेको भन्ने सम्बन्धमा मलाई जानकारी भएन, मैले जाहेरीमा दावी लिएको कुनै रकम लिएको छैन, निजहरुको ट्राभल डकुमेन्ट बनी सकेको छ भनी मैले WhatsApp बाट नामावली कोही कसैलाई पठाएको छैन। मैले आशिष बुढाथोकी र मोहन राई भन्ने व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाएको छैन, गजेन्द्र बुढाथोकी र शन्देश शर्मा विच अडियोमा के कुराकानी भएको हो मलाई केही थाहा छैन। सन्देश शर्माले आरजु देउवालाई दुई करोड बुझाएको हो, छ करोड रुपिया त्यो बाल कृष्ण खाणलाई बुझाएको हो, उक्त रकम मञ्जु दिदीले लिनु भएका, हनुमान थान भित्र घर छ, त्यही बुझाएको हो भनी बोलेका कुरा सम्बन्धमा मलाई थाहा भएन।

348384230_1210613296263601_6973485699237276633_n1684859463.jpg
सन्देश शर्माले भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी रु.१,००,००,०००/- (एक करोड) रकम लिएको हुँदा म लगायत मेरा आफन्त र साथीभाई समेत पिडित भएका छौं, सन्देश शर्मासँग मिली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी कसैलाई ठगी गरेको छैन र यो कार्यमा मेरो कुनै संलग्नता छैन। जाहेरवालाहरु रोशन खरेल तथा गोकुल भट्टराईले अशोक पोखरेलको प्रभु बैकको खातामा रु.२०,००,०००।- (बिस लाख), सानु भण्डारीलाई चेक मार्फत रु.२८,००,०००।-(अठ्ठाईस लाख) र सागर राईको नाममा रु.२२,००,०००।- (बाईस लाख) दिएको तथा जम्मा गरेको भन्ने सम्बन्धमा मलाई जानकारी भएन। मेरो श्रीमती दिपा हुमागाईको नाममा जम्मा भएको रकम रु.२०,००,०००।- (बिस लाख) मैले व्यक्तिगत ऋण लिएको हुँ, उक्त ऋण मैले निजको बैंक खातामा फिर्ता गरी सकेको छु, बैंक भौचर उपलब्ध गराउने छु, बैंक भौचर उपलब्ध नभए निजले दावी गरेको मितिबाट हाल सम्मको बैक स्टेटमेण्ट झिकाई पछी पेश गर्ने छु। जाहेरवाला रोशन खेरल मेरो गाउँको छिमेकी भाई हुन, तत्कालका समयमा मलाई ऋण तिर्नका लागी रकम आवश्यक भएको हुँदा मैले निज संग ऋण लिएको हुँ, सो ऋण मैले निजको बैंक खाता मार्फत फिर्ता गरी सकेको छु, निजले फिर्ता गरी सकेको रकम किन दावी गरेका हुन, मलाई थाहा भएन। मलाई जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौंमा कार्यालय प्रमुखको कार्यकक्षमा जिल्ला न्याधिवक्ता र अनुसन्धान अधिकृतले प्रारम्भिक सोधपुछको क्रममा जाहेरवाला जगेन्द्र बुढाथोकी समेतले दिएको ठगी सम्बन्धी जाहेरी दरखास्तको व्यहोरा सम्बन्धमा सोधिएका कुराहरुको विषयमा मैले दिएको जवाफको रेकर्ड मलाई सुनाउँदा सुनी पाएँ, उक्त आवाज मेरै हो, आवाज सुनी सनाखत गरी दिएँ। 

सन्देश शर्माले म समेत मेरा आफन्त र साथीभाईहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी रु.१,००,००,०००/- (एक करोड) लिएका बखत उल्लेखित व्यक्तिहरुको नाम लिई म अमेरिका पठाई दिन्छु भनेका थिए, म सन्देश शर्मावाट ठगिए पछी पटक-पटक रकम फिर्ता माग्दा ४ वर्ष विति सक्यो मलाई म आफु पिडित भई आर्थिक व्यवहारले मार्का परेको हुँदा प्रस्तुत मुद्दाका जाहेरवालाहरु गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मी समेतको जाहेरीले पक्राउ परी अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछको क्रममा तत्कालीन अबस्थामा सन्देश शर्माले भनेका कुराहरु सम्झी मेरो पिडा पोख्ने क्रममा भावावेशमा आई उक्त कुरा सोधपुछको क्रममा राखेको हुँ, उक्त रकम मैले कोही कसैलाई दिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी केशव प्रसाद दुलालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु , तीन बेपत्ता आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, विजेताले डेढ करोड ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्