• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भुटानी शरणार्थी प्रकरणमा खाणको बयान : दुईवटा कालो, एउटा खैरो रङको डायरी मेरो हो

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १८:३५
1140x725

काठमाडौं– पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएका छन्। अघिल्लो सरकारले गरेको कामलाई आफू गृहमन्त्री भएपछि निरन्तरता मात्रै दिएको दाबी खाणको छ।
 
यस्तो छ खाणको बयान
टेक नारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ। नरेन्द्र केसी मेरो निजी सचिव थिए । टोप बहादुर रायमाझी संबिधान सभा सदस्य, प्रतिनिधी सभा सदस्य र पूर्व मन्त्रीसमेत भएकोले चिनजान छ। 

म मिति २०७८ साल असार महिनाको २९ गते देखी मिति २०७९ पौष महिनासम्म गृहमन्त्रीको रुपमा कामकाज गरेको हुँ। म गृह मन्त्री रहँदा संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम इमान्दारीपूर्वक सम्पादन गरेको हुँ।

बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो। सो बाहेक अन्य थप २ वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना–३८ समेत मेरो हो।

भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालिन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिबेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला।

गृहमन्त्रालयको च. नं ८४३ मिति २०८०/१/२६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६/०७/०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेश बहादुर केसी रहेको २ जनाले दस्तखत गरेको प्रतिवेदनमा, तत्कालीन मन्त्रीले तत्कालीन सचिवको नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडि बढाउन हुन भनि तोक लगाई अगाडि बढाएको देखिन्छ।

भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृह मन्त्रीको पालामा लिने कार्य भएको। भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिबेदन उपर थप छलफल भए पश्चात गरिएका निर्णयहरु कार्यान्वयनका लागी नेपाल सरकार, मन्त्रीपरिषद समक्ष प्रस्ताव पेस गर्न मबाट मिति २०७८।०८।१२ मा स्वीकृत दिई सो प्रस्ताव मन्त्रीपरिषदमा पेस भएको हो। 

नेपाल सरकार कार्य सम्पादन नियमावली अनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन्, मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ। भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेस भयो। कागजातहरु के–के पेस भए मलाई अहिले सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियामावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरुको कार्य क्षेत्र तोकेको छ।

मन्त्रीले आफ्ना केही अधिकार सचिवलाईसमेत प्रत्यायोजन गरिएको हुन्छ। तसर्थ मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन। मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो। उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो। म गृहमन्त्री भएपछि देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागी गृहमन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार कुनै अवान्छनिय अधिकृतहरुलाई निर्देशन दिँदै आएको सर्वविदितै छ।

यसै सन्दर्भमा भुटानी वा तिब्बती शरणार्थीहरुले गतिविधि नगरुन भनि त्यसका लागी पनि निर्देशन दिँदै आएको हुँ। शरणार्थीहरुलाई मानविय प्रबन्ध गर्ने दायित्व हो। पछिल्लो पटक भुटानी शरणार्थीहरुलाई अन्तर्राष्ट्रिय दातृ निकायहरुले सहयोग रोकेको अवस्थामा उनीहरुलाई जीवन जिउन असहज भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरुले पनि सरकारी वा सामुदायिक विद्यालयहरुमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उचारको सुविधा प्रदान गर्ने, प्रचलित कानूनको अधिनमा रही, कानूनको पालना गर्ने गरी स्थानीय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामुहिक खेतीका लागी जग्गा लिजको प्रबन्ध गर्ने लगायतका व्यावस्था गरी उनीहरुको जीवन जीउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव पास गरीएको हो। 

यो प्रस्ताव भुटानी शरणार्थीहरुको व्यवस्थापनका लागी असल मनसायले गरिएको हो । शरणार्थीका नाममा अवान्छनिय गतिविधी रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय ईकाई बेलडाँगी झापाबाट मिति २०७८/०८/०३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविर बासीहरुलाई सूचना निकाली जानकारीसमेत गराइएको, यसैगरी समय–समयमा निर्देशनहरु पठाइरहेको हो।

भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेश्रो देश पठाई दिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन। म गृहमन्त्रीको ओहदामा हुँदा तथा मन्त्रीको ओहदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको छु।

Xtrem

Xtrem

कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतियन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामासमेत मैले पहल गरी निजहरुलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ। जसको अन्तराष्ट्रिय समुदायलेसमेत प्रशंसा गरेका थिए। गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइन, मैले सो कार्य सोच्न पनि सक्तिन भनी प्रतिवादी बालकृष्ण खाणले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्