काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई बधाई दिएका छन्।
आरोहणपछि मंगलबार काठमाडौं आइपुगेका बुढामगरलाई प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भेटेर बधाई दिएका हुन्।
यस्तै मंगलबार मगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा नै पुगेर भव्य स्वागत गरेका हुन्।
साथै उनलाई मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो। भूतपूर्व गोर्खा सैनिकसमेत रहेका मगरले यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।
योसँगै उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बनेका छन्। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।