काठमाडौं- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरेको विरोधमा निर्माण व्यवसायीहरु आन्दोलित भएका छन्। सोमबार दिउँसो बानेश्वर खरीबोटको प्रयाग चोकमा गाडीमा गइरहेका गौचनलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली हानी हत्या गरेका थिए। घटना लगत्तै मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए।

गौचन हत्याको खबर पाउनासाथ निर्माण व्यवसायीहरुको ठूलो समूह सिभिल अस्पताल पुगेको थियो। अस्पताल पुगेका निर्माण व्यवसायीहरुले हत्याको विरोध गर्दै नाराबाजी गरेका थिए। हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने माग राखी निर्माण व्यवसायीहरुले केहीबेर अस्पताल बाहिर सडकमा चक्काजाम समेत गरे।

गौचनको हत्यापछि भावविह्वल आफन्त
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।