प्रतिकात्मक तस्बिर
पोखरा– पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अर्का १ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौंको कपन घर भएका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।