काठमाडौं– संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास सहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घाइते मध्ये एकजना गम्भीर छन्।
पीडितमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए। त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो।
गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। फक्स न्यूजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ। पीडितहरूको पहिचान हुन सकेको छैन।
के कारणले गोली चलाएको हो भन्ने बारे अनुसन्धान जारी छ। सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।