काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो विधानको २० वटा धाराको ३८ बुँदामा संशोधन गरेको छ । सोमबार भएको विशेष साधारणसभाले विधान संशोधन गरेको हो।
विधान संशोधनसँगै एन्फाको निर्वाचन आगामी पुस ८ गते हुने भएको छ । विधानले कार्यसमितिमा रहने पदाधिकारी तथा सदस्य बन्ने प्रावधान खुकुलो बनाएको छ । अब एन्फाको कार्यसमितिमा उम्मेदवारी दिन ५ वर्षदेखि फुटबलमा लागेको हुनुपर्नेछ भने दुई फुटबल प्रतियोगितामा सक्रिय काम गरेको हुनुपर्नेछ।
संशोधित विधानले चुनावका लागि बी र सी डिभिजनको मताधिकार बढाएको छ । बी डिभिजनको मताधिकार ५ बाट बढाएर ९ पुर्याइएको छ भने सी को मताधिकार ३ बाट ५ पुर्याकइएको छ । ए डिभिजनमा भने १४ क्लबले मताधिकार पाउनेछन्।
क्लब बाहेक खेलाडी संघ, प्रशिक्षक संघ, रेफ्री संघ र महिला समितिलाई पनि मत हाल्ने अधिकार छ । यस्तै, ४५ जिल्लाले मताधिकार हुनेछ । जिल्ला, क्लब र संघबाट ३ जना प्रतिनिधि आउनेछन्।
साधारणसभाले इथिक्स कमिटी बनाउने निर्णय गरेको छ । यस्तै, एन्फाको लापरवाहीका कारण एएफसी कप खेल्न नपाएको थ्रीस्टार क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।