काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा आइतबार जिल्ला अदालत काठमाडौंले पीडित गौशालाको जन्म दर्ता सम्बन्धी कागज मगाउने आदेश गरेको छ।
न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासले यसअघि मगाएको कागजमा प्रष्टता नदेखिएको भन्दै पुन: माग गर्ने आदेश गरेको हो। पराजुलीको इजलासमा उक्त मुद्दा १०औं नम्बरमा रहेको थियो।
लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ। लामिछानेविरुद्ध नाम परिर्वतन गौशालाले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन्।
नेपाली क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्ति मुद्दामा दाबी गरिएको छ। लामिछानेको मुद्दा यसअघि अन्तिम सुनुवाइ हुने भनिए पनि कानुन व्यवसायी धेरै भएपछि लम्बिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।