काठमाडौं– चितुवाको छाला बेच्न काठमाडौं आएका चार युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रामेछापका सुनिल लामा, पर्वत थापामगर, बिशेष तामाङ र सिन्धुपाल्चोकका सरन गिरीलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो।
उनीहरुबाट ६ फिट ४ इन्च लामो चितुवाको छाला बरामद भएको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए।
पक्राउ परेकालाई प्रहरीले जिल्ला वन कार्यालयमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।