काठमाडौं– जापानको हिरोशिमा शहरमा चलिरहेको जी७ देशहरुको सम्मेलनको अन्तिम दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई भेट्ने कार्यक्रम तय भएको छ। जेलेस्की शनिबार जापान पुगेका थिए।
यसअघि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनको साथमा जी७ का देशहरु बजबुत भएर उभिने बताएका थिए। अमेरिकाले युक्रेनको एफ १६ फाइटर प्लेन प्राप्त गर्ने कार्यमा सहयोग गर्ने तयारी गरेको छ। जेलेस्कीले यो प्लेनले युक्रेनी सेनाको क्षमता धेरै वृद्धी गर्ने टिप्पणी गरेका छन्।
त्यस्तै जी७ सम्मेलनमा पुगेका क्वाड देश (भारत, अमेरिका, अस्ट्रेलिया र जापान)का नेताहरुले इन्डो प्यासिफिक क्षेत्रमा स्थिरताका लागि प्रतिबद्धता पनि जनाएका छन्। क्वाड देशका नेताहरुले एक संयुक्त बयान जारी गर्दै अमेरिका, अस्ट्रेलिया, जापान र भारतले इन्डो प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरताको लागि प्रतिबद्ध भएको टिप्पणी गरेका हुन्।
चीनलाई संकेत गर्दै क्वाड देशका नेताहरुले आफूहरु इन्डो प्यासिफिक क्षेत्रको यथास्थितिलाई जोर–जबरजस्ती गरेर, एकतर्फी बदलाव ल्याउने कार्यको विरोधमा रहेको बताएका छन्।
यी नेताहरुले इन्डो प्यासिफिक क्षेत्रका विवादित इलाकाहरुमा बढीरहेको सैन्यकरणमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।