प्रतिकात्मक तस्बिर
काठमाडौं– पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज (आइतबार) बिहान २:५९ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।
पछिल्लो समय देशको पश्चिमी क्षेत्रमा भूकम्पका धक्काहरु बढ्न थालेका छन्। बाजुराको बिछ्याँ केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।