• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम सरकारका १०० दिन: मुख्यमन्त्री भ्रमणमै व्यस्त

64x64
शेरबहादुर ऐर सोमबार, जेठ ८, २०८०  ०९:४२
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कमलबहादुर शाहको कार्यकालमा एक सय दिन पूरा भएको छ। यो अवधिको अधिकांश समय मुख्यमन्त्रीको भवन उद्घाटनमै बितेको छ। गत माघ २६ गते नियुक्त भएका मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिएका थिए।

शुक्रबार प्रदेश सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ। यो अवधिमा सरकार निर्माण र विभिन्न भवन उद्घाटनबाहेक प्रत्यक्ष जनताको जीवनमा प्रभाव पार्नेगरी भने कुनै काम भएको देखिँदैन। 

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते आफ्नो नेतृत्वमा दुई सदस्यीय मन्त्रिपरिषद् बनाए। भौतिक पूर्वाधारमा नेपाली कांग्रेसका नेता प्रकाश देउवा र आर्थिक मामिलामा नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाहीलाई मन्त्रीको जिम्मेवारी दिए।
 
त्यसयता मन्त्रिपरिषद् विस्तार गरे पनि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता भने दिन सकेका छैनन्। मुख्यमन्त्री शाह प्रदेश भ्रमणमै व्यस्त भए। उनले वैशाखको तेस्रो सातादेखिमात्र मन्त्रिपरिषद् विस्तारबारे चासो दिएका थिए। 

दुई पटक काठमाडौं धाएका मुख्यमन्त्री शाहले सय दिन पूरा भएपछि मात्र शनिबार मन्त्रिपरिषद् विस्तार गरे, तर पूर्णता दिन भने सकेका छैनन्। 

प्रदेश सभा अन्त्यमा ढिलाइ
सुदूरपश्चिम प्रदेश सभामा फागुन २१ गते मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि सभा सञ्चालन हुन सकेको छैन। २०७९ पुस १८ गते दोस्रो प्रदेश सभाको प्रथम बैठक सुरु भएको थियो।

त्यसयता सभामुख, उपसभामुख चयन र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबाहेक अन्य कुनै विषयमा प्रदेश सभा बैठकमा विस्तृत छलफल हुन सकेको छैन। 

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार नहुँदा हिउँदे अधिवेशन अन्त्य, बजेट अधिवेशनको सुरुवात तथा विषयगत समितिले पनि पूर्णता पाउन सकेको छैनन्।

प्रदेश सभामा प्रदेश सरकारले आर्थिक ऐन पहिलो संशोधन विधेयक दर्ता गराएको छ। तर, सो विधेयक पनि विषयगत समिति नबन्नु र बैठक सञ्चालन नहुनुले दर्तामै सीमित बनेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा विद्युतीय सवारी साधनबाट पनि कर असुल गर्न सक्ने गरि सो विधेयक प्रदेश सभामा दर्ता गराएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

आरजुलाई प्रमुख अतिथि बनाउँदा विवादित
वैशाखको पहिलो साता सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न संघ संस्थासँगको समन्वयमा आयोजना गरेको मानसखण्ड सम्मेलनमा मुख्यमन्त्री अतिथि थिए भने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवा प्रमुख अतिथि थिइन्।

धनगढीको सोराई पार्टी प्यालेसमा आयोजना गरिएको मानसखण्ड सम्मेलन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डाक्टर आरजुलाई बनाएपछि मर्यादाक्रमबारे मुख्यमन्त्री शाहले ध्यान दिएनन्।

उनी प्रमुख अतिथि भएको समापन समारोहमा भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले विशिष्ट अतिथि थिए। नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार मुख्यमन्त्री ८ औं स्थानमा हुँदा प्रतिनिधि सभा सदस्यलाई १० औं स्थानमा राखिएको छ। 

अधुरा भवन उद्घाटन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु सम्पन्न नभएका भवन उद्घाटन गर्नमै व्यस्त बनेका छन्। वैशाख ११ गते मुख्यमन्त्री कमलबहादुर शाहले बूढीगंगा नगरपालिका वडा नम्बर ७ मा निर्माणधीन अवस्थामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरेका थिए। सो भवन विगत ४ वर्षदेखि सम्पन्न हुन सकेको छैन।

Xtrem

Xtrem

बूढीगंगा ७ मा सञ्चालनमै नआएको वर्षौंदेखि निर्माण पुरा नभएको र व्यक्तिको जग्गामा निर्माण गरिएकाले विवादित अवस्थामा रहेको भवनको मुख्यमन्त्री शाहले उद्घाटन गरेको नगरप्रमुख रामबहादुर बाँनियाले बताए।

उनले भने, ‘ठेकेदारलाई भवन छिटो सम्पन्न गर्न दबाब दिँदासमेत काम हुन सकेको छैन्। एकाएक मुख्यमन्त्रीलाई बोलाएर भवनको उद्घाटन गरियो। भवन पालिकालाई हस्तान्तरण गरिएको छैन।’

बजेट खर्च सुस्त
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको वैशाखसम्मको बजेट खर्च प्रतिशत झण्डै ३७ प्रतिशत पुगेको छ। प्रदेश सरकारको कूल बजेटमध्ये चालू तथा पुँजिगत गरी वैशाखसम्म ३६ दशमलव २९ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश सरकारले दुई महिनाभित्र ६३ दशमलव सात प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था रहेको छ। कछुवा गतिमा रहेको प्रदेश सरकारको बजेट खर्चमा सबैभन्दा बढी खर्च चालुतर्फ नै रहेको छ।

चालूतर्फ विनियोजित कूल बजेटको ४३ दशमलव ८७ र पुँजिगततर्फ ३२ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ।

सुधार कार्यदलको प्रतिवेदन कहिले?
सुदूरपश्चिम प्रदेशको शिक्षा तथा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले कार्यदल गठन गरेको छ। प्रदेशको शिक्षा क्षेत्रका लागि डाक्टर हेमराज पन्त र स्वास्थ्य क्षेत्रको सुधारका लागि डाक्टर गणेशबहादुर सिंहको संयोजकत्वमा कार्यदल गठन गर्ने चैत १ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले कार्यदलले एक महिनाभित्र प्रतिवेदन तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने निर्णयमा उल्लेख रहेको बताए।

मुख्यमन्त्री शाहले सय दिनमा भएका प्रगति पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरे। सो विज्ञप्तीमा भनिएको छ, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको समस्या समाधान गर्न आवश्यक नीति तथा कार्यक्रम तय गर्न विशेषज्ञ सम्मिलित कार्यदल गठन भइ कार्य भइरहेको छ।’

स्वास्थ्य सुधार कार्यदलका संयोजक डाक्टर गणेशबहादुर सिंहले भने, ‘हाम्रो समितिमा सदस्यहरु कम छन्। थप्न भन्दा पनि ध्यान दिइएको छैन। हामीले आन्तरिक रुपमा अध्ययन गर्ने कार्य भइरहेको छ। सदस्यहरु थप भएपछि प्रदेश भरीका स्वास्थ्य संस्थाहरुसंग बुझेर प्रतिवेदन तयार गरिने छ।’

खेलाडीले पाएनन् पुरस्कार राशी
सुदूरपश्चिम प्रदेश सरकारले आइसीसी यु–१९ विश्वकपमा छनोट भएको नेपाली टोलीमा रहेका सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो। 

चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो। प्रदेशका खेलाडीलाई एक लाख तथा अफिसियललाई जनही ५० हजारका दरले सम्मान स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय भए पनि खेलाडीले अहिलेसम्म पुरस्कार राशी पाएका छैनन्।

मुख्यमन्त्रीको सय दिने प्रगतिमा भनिएको छ, ‘खेलाडीलाई एक लाख तथा अफिसियललाई ५० हजारका दरले सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको छ।’ तर, पुरस्कृत हुने सूचीमा रहेका खेलाडीहरुले अहिलेसम्म प्रदेश सरकारबाट रकम नपाएको बताएका छन्।

मुख्यमन्त्री शाहले सार्वजनिक गरेको सय दिने प्रगति प्रतिवेदनमा अधिकांश विगतकै सरकारबाट भएका गतिविधिहरु समेटिएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्