काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका- ४ का ४३ वर्षीय कृष्णमुरारी गुरुङलाई प्रहरीले करिब ९ करोड ६० लाख ठगी गरेको आरोपमा पक्राउ गरेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले विभिन्न व्यक्तिको नगद तथा सुनसहित उक्त रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो। गुरुङ नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेको बताइएको छ।
उनले विभिन्न प्रलोभन देखाई सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउ बहादुर गुरुङबाट २०७४ सालमा तीस लाख लिएको र सरिता गुरुङलाई आफूसँग गाडी भएको र सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख रकम तिर्नुपर्ने र त्यसपछि गाडी आफूले पाउने भन्दै छलेर रकम लिई फरार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।