नयाँदिल्ली- भारत सरकारले २ हजार रुपैयाँको नोट बजारबाट फिर्ता लिने निर्णय गरेको छ।
भारतीय रिजर्ब बैंकले २ हजार रुपैयाँको नोट बजारबाट फिर्ता लिने र नयां नाेट नपठाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतीय रिजर्ब बैंकले शुक्रबार सूचना जारी गर्दै २ हजारका नोट अवैध भने नहुने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकमा जम्मा गर्न सकिने बताएको छ।
बैंकले २ हजारका नोट आफ्नो बैंक खातामा जम्मा गर्न वा बैंकको कुनै पनि शाखामा गएर साट्न सकिने जनाएको छ।
सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।