काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम लागू हुने चुनौती भएको दाबी गरेका छन्।
संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा धेरै कुरा छुटेको बताए।
‘नीति तथा कार्यक्रम लागू हुनुपर्छ। तर यो लागू हुने देखँदैन। जस्तो विदेशमा रहेका नेपालीहरुले मतदानको अधिकार पाउने गत वर्ष पनि भनिएको थियो। अहिले पनि छ, ’ उनले भने, ‘हिमाली क्षेत्रमा सिंचाई र त्यहाँको उत्पादनलाई प्रवर्द्धन गर्ने कुरा आएनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।