काठमाडौं- सरकारले गेटा अस्पताल यही वर्षदेखि सञ्चालन गर्ने नीति लिएको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
गेटा चिकित्सा विश्वविद्यालय बनाउने सरकारले निर्णय गरेको छ। त्यसका लागि यही अधिवेशनमा विधेयक समेत ल्याउने सरकारको दाबी छ।
यसैगरी निजामति (सिभिल) अस्पताल र सवै संघीय अस्पताललाई शिक्षण अस्पताल बनाइने बताइएको छ। सीभी अस्पतालबाट विशिष्टीकृत सेवा सहित सुविधा सम्पन्न बनाएर सात वटै प्रदेशमा विस्तार गर्ने तयारी सरकारको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।