• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा प्रश्नोत्तर : गाईको निबन्ध घोकेका प्रचण्ड र लिक भएको प्रश्नपत्र

64x64
डिबी खड्का बिहीबार, जेठ ४, २०८०  २१:०५
1140x725

काठमाडौं- बिहीबार प्रतिनिधि सभामा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम थियो। प्रश्नोत्तर कार्यक्रमलाई प्रचण्डले सुरुमै विद्यार्थीको जाँचसँग जोडेर ठट्टा गरे। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले लिखित रुपमा बुझाएको प्रश्न पढ्नुअघि ‘जनताको माग’ भन्दै केही प्रश्न थपे।

त्यसको उत्तर दिने क्रममा प्रचण्ड रसिक बने,  ‘पहिला प्रश्न गर्दा अलि झस्किएँ। रातभरी गाईको निबन्ध पढेर आएको तर बिहान नदीको निबन्ध आएजस्तै होला कि भन्ने डर लागेको थियो। फेरि निर्धारितै प्रश्न सोध्नुभयो, धन्यवाद।’

गिरीले गाईहरु बिरामी परेकोमा भ्याक्सिन नपाएको किसानको गुनासोदेखि नागरिकता विधेयकको विषय प्रश्नमा थपेका थिए। अनिवार्य प्रश्न नभएकाले त्यसको उत्तर दिन प्रचण्डले जरुरी ठानेनन्।

सांसदले पहिल्यै तयार पारेर बुझाएको प्रश्नको घरबाटै उत्तर लेखेर ल्याउने व्यवस्था गरिएको थियो। प्रतिनिधि सभाको नियमावली बमोजिमको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड त्यही अनुसार तयारी गरेका थिए।

प्रचण्डले शतप्रतिशत प्रश्न ‘हल’ गर्न चाहेनन्। प्रश्नकर्ताका केही प्रश्नहरुमा ‘टच’समेत गरेनन्। टच नभएको प्रश्नमध्ये अर्को थियो,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले चुनावको समयमा घुमाइएको हेलिकप्टर खर्च। आफ्नो पार्टीका उम्मेदवारविरुद्ध उठेकाहरुलाई मन्त्रीको आश्वासन दिने कुरा नैतिकतासँग जोडिएको बताउँदै उनले उत्तर माग्नेगरी प्रश्न सोधे,  ‘तपाईंहरु चुनावमा हेलिकप्टर चढेर विभिन्न क्षेत्रमा जानुभयो। हेलिकप्टर चढेको पैसा जनताको करबाट तिरिन्छ कि आफैंले तिर्नुहुन्छ?’

रास्वपा सांसद खनालले ‘हल्का माहोल’ बनाउन पूर्वनिर्धारित प्रश्नमा यत्ति थप गरेका थिए। लिखितम् प्राप्तभन्दा पर जानैपर्ने बाध्यता नभएका प्रचण्डले त्यसलाई इग्नोर गर्नु उपयुक्त ठहर्‍याए।

केही प्रश्नमा ‘सप्रसंग व्याख्या’ चाहेको थिए सांसदहरुले तर प्रचण्डले झिंजो माने र संक्षिप्त उत्तरबाट काम चलाए। त्यसमध्ये एउटा थियो, प्रेम सुवालको सवाल। खासमा उनको प्रश्नोउत्तरको अपेक्षाका लागिभन्दा पनि प्रधानमन्त्री प्रचण्डको धैर्यधारण क्षमताको जाँचका लागि गरिएको जस्तो थियो।

सुवालले प्रश्नहरुको गुजुल्टो पारेर यसरी प्रस्तुत गरे, ‘प्रधानमन्त्रीजी नेपाललाई स्वीजरल्याण्ड र सिंगापुर भन्नुहुन्थ्यो। अहिले नेपालीलाई भुटानी शरणार्थी किन बनाइयो?  रामबहादुर थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्रीजीकै सुरुका कार्यकर्ता होइनन् र? अहिले पो एमाले भएका हुन्। प्रतीक थापा र सन्दीप रायमाझी लगायत नेपालीलाई भुटानी शरणार्थी बनाउने राज्यविरुद्धको कसुर, मानव बेचविखन तथा ओसार पसार, संगठित अपराध, सरकारी कागजात/छाप दस्तखत कीर्ते, सार्वजनिक सम्पत्तिको दुरुपयोग/भ्रष्टाचार र ठगीमा लाग्नुमा के प्रधानमन्त्रीहरु जिम्मेवार छैनन् र? चार महिनादेखि सहमति नभएको समिति भागवण्डाबारे यतिबेला नै सहमति कसरी भयो? समितिको भागवण्डा सम्बन्धी सहमति, भुटानी शरणार्थी काण्डमा संलग्न भएकाहरूलाई उन्मुक्ति दिने तयारी त होइन?’

Ncell 2
Ncell 2
nimb
nimb

भ्रष्टाचारबारे ‘बोल्न नपाउँदा कपडा खोल्न’ अघि सर्ने सांसद अमरेश सिंहले प्रश्न ‘इतिहास’को सोधेर गणितमा उत्तर मागे। ‘२०६३ सालपछि ठूला–ठूला भ्रष्टाचारका काण्डहरु–पोखरा विमानस्थल, आयल निगमको जग्गा खरिद, वाइडवडी जहाज खरिद, ओम्नी काण्ड, नेपाल ट्रस्टको जग्गा लिज प्रक्रिया, एनसेलको कर छुट, बालुवाटारको ललितानिवास जग्गा काण्डको छानबिन कहिले देखि सुरु हुन्छ?’ सिंहको प्रश्न थियो। 

प्रचण्डले प्रश्नभन्दा एकतिहाई कम उत्तर दिए, ‘सबै ठूला-ठूला भ्रष्टाचार काण्ड वा हत्या काण्डहरुको छानबिन गर्न सरकार गम्भीर रुपले लागिरहेको  दोहोर्‍याउन चाहन्छु। अन्य विषयमा ध्यानाकृष्ट भएको छ।’ प्रश्न त पहिले नै तयार भएर प्रधानमन्त्री प्रचण्डकहाँ पुर्‍याइएका हुन्। सोध्नेले नसोधेसम्म प्रश्न गोप्य नै रहँदा त्यसको सान्दर्भिकता हुन्छ। तर, प्रधानमन्त्रीलाई चिट बनाउन सहज हुनेगरी पठाइएका लिखित प्रश्नको बीचमै चुहावट भयो। 

संसदीय अभ्यासमा पाकामध्ये एक एमाले सांसद रघुजी पन्तले प्रश्न लिक भएको गुनासो गरे। उनले भने, ‘प्रश्न विद्यालयको होस् कि विद्यालयको वा संसद्को, जहाँको बाहिरिए पनि राम्रो हुँदैन?’ यसबारे पहिल्यै गरिसकेको ठट्टा संसद्‌मा प्रचण्डले दोहोर्‍याए,  ‘प्रत्यक्ष रुपमा प्रमलाई सोध्ने प्रयास सञ्चारमाध्यम आउनु राम्रो होइन। पहिले नै प्रश्न बाहिरियो, धन्न उत्तर आएको रहेनछ!’

सार पक्षमा केन्द्रित संसद्लाई पन्तले रुप पक्षतिर फर्काए। भने, ‘मेरो आँखालाई भ्रम परेको होइन भने ह्यान्डसम देखिनुभएको छ। दौरासुरुवालमा झन् खाइलाग्दो देखिनुभएको छ। जनता पनि त्यस्तै बनुन्।’ प्रचण्डले उही शैलीमा उत्तर दिए, ‘माननीय सदस्यले मेरो प्रशंसा र व्यंग्य गर्नुभयो। धेरै खाइलाग्दो भएको छ भन्नुभयो। तर, मेरो तौल घटेको छ। तपाईंले राम्रो देख्नुभयो, आँखालाई धन्यवाद।’

Xtrem

Xtrem

प्रचण्डले दिएका उत्तरमध्ये एउटा भने शतप्रतिशत गलत हुन पुगेको छ। प्रश्नोउत्तरमा प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिकबारे जिज्ञासा राखेका थिए।

प्रचण्डको उत्तर थियो, ‘उक्त प्रतिवेदन कसरी र कुन रुपमा सार्वजनिक गर्ने भनेर छलफल चलिरहँदा सूचना आयोगले दिएको निवेदनमा सर्वोच्चले आदलतले उक्त प्रतिवेदन हाल सार्वजनिक नगर्नू भनि फैसला गर्‍यो। अहिले पनि फैसलालाई पुनरावेदन गरेर खुला गरेर सार्वजनिक गर्ने मान्यता मेरो छ।’

सर्वोच्च अदालतले २०७६ असोज ३० गते लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बाटो खुला गरिसकेको छ। फैसलामा भनिएको छ, ‘नागरिकमा सूसुचित हुने हकमा बन्देज लाग्न गएको अवस्था देखिँदा तत्कालै निर्णय गर्नको निमित्त राष्ट्रिय सूचना आयोगका नाममा परमादेशको आदेश जारी गर्नुपर्ने देखिन आयो।’

सोमबारको प्रश्नोत्तरमा सांसदहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा बढी केन्द्रित भए। उक्त प्रकरण अहिले चर्चाको उत्कर्षमा रहेको छ। तर विगतमा ‘हाइ प्रोफाइल’ जोडिएका मुद्दाहरु सामसुम भएको घटनाले उनीहरुमा रहेको संशय प्रधानमन्त्री समक्ष राखेका छन्। प्रधानमन्त्री प्रचण्डले यो प्रकरण राष्ट्रिय मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमा पनि हेरिएकाले सजिलै रापसाफ नहुने भन्दै आश्वस्त पारेका छन्। सरकार यसपल्ट हट्ने होइन, डटिलड्ने गरी अघि बढेको दोहोर्‍याएका छन्। 

बुधबार मात्रै टीकापुर हत्याकाण्डमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई दोषी ठहर्‍याएर जन्मकैद फैसला भएको छ। त्यसैले लाल आयोगको प्रतिवेदन तरोताजा विषयका रुपमा उठ्यो भने जनताका समस्यालाई केही सांसदले उठाउने कोशिस गरे। आर्थिक मन्दी, सार्वजनिक शिक्षा सुधार, मलबिउ अभाव पनि प्रश्नमा मिसिएका थिए।

प्रतिनिधि सभाको नियमावलीमा महिनामा एकपल्ट प्रधानमन्त्रीसँग सांसदले प्रत्यक्ष प्रश्नोत्तर गर्ने प्रावधान राखिएको छ। प्रचण्ड प्रधानमन्त्री बनेको ६ महिनामा पहिलोपल्ट उक्त प्रावधान कार्यान्वयन भएको छ। पहिलो अभ्यास हुँदा व्यवस्थापकीय पक्षमा संसद् सचिवालयलाई सकस पर्‍यो र संसद् बैठक निर्धारित समयभन्दा दुई घन्टा सर्‍यो। प्रश्न राख्न चाहने सांसदको संख्या पनि धेरै हुँदा ‘बढीमा १५ जनाले प्रश्न सोध्ने’ नियम निलम्बन गरियो र २० जनाले प्रश्न सोध्ने मौका पाएका हुन्।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्