काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियालाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
बिहीबार सिंहदरबारस्थित कार्यकक्षबाटै पक्राउ परेपछि मियालाई म्याद थपका लागि अदालत लगिएको थियो। अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए।
भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहसँग मियाको कनेक्सन देखिएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको थियो। मियाकै गाडी चढेर गिरोहले ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।