काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीले पाएको हो।
अनुसन्धान अन्तिमतिर पुग्न लाग्दा नेता रिजाल पक्राउ परेका थिए। अनुसन्धानको क्रममा रिजालको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।