काठमाडौं- भारतको कर्नाटकमा भारतीय कांग्रेसका नेताहरु आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्नेमा सहमत भएका छन्। डिके शिवकुमार र सिध्दारमैयाबीच हानथाप भएको थियो।
सोनिया गान्धीको हस्तक्षेपछि पहिलो कार्यकाल सिद्धारमैया मुख्यमन्त्री बन्ने तय भएको छ। हाललाई शिवकुमार उपमुख्यमन्त्री बन्नेछन्।
आफू मुख्यमन्त्री बन्नका लागि लामो समय शिवकुमारले अड्डी कसेका थिए। उनका पक्षमा कांग्रेसका धेरै कार्यकर्ता समेत रहेका थिए। मुख्यमन्त्रीका रुफमा सिद्धारमैयाले आगामी मे २० मा सपथ लिनेछन्।
कांग्रेले बिहिबार संसदीय दलको बैठक बोलाएको छ। केही दिनअघि सम्पन्न निर्वाचनमा कांग्रेसले २२४ मा १३५ सिटसहित बहुमत हासिल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।