काठमाडौं– नेपाल हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन्। प्रहरीको टोलीले उनलाई सिंहदबारबाट पक्राउ गरेको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेर भएको ठगी प्रकरणको छानबिनका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ठगी प्रकरणमा संलग्नहरुले मियाको गाडी प्रयोग गरेको पाइएको छ। रकम ओसारपसार लगायतका काममा ठगीमा संलग्न गिरोहले मियाको गाडी प्रयोग भएको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।