काठमाडौं– आज (बिहीबार) बिहानैदेखि काठमाडौंसहित देशका पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रमा बिहीबार दिउँसो पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको हो। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।