काठमाडौं– इलामको सूर्योदय नगरपालिका–२ स्थित मानेभञ्ज्याङ सीमा इलाकाबाट ९ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलले उक्त क्षेत्रबाट करिब ९ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान मंगलबार बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार नेपालबाट भन्सार छली भारततर्फ लैजाँदै गरेको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ बरामद गरिएको हो। प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर बीओपीले उक्त अवैध सामान बरामद गरेको हो।
सामान लिएर हिँडेका व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै फरार भएका थिए। बरामद गरिएको सामान भन्सार कार्यालय पशुपतिनगरमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।