काठमाडौं– सशस्त्र प्रहरी बलले सर्लाहीबाट १ सय ६६ किलो गाँजा बरामद गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित सीमा इलाकाबाट मंगलबार उक्त परिमाणको गाँजा बरामद गरेको हो।
नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गलंगवा बीओपीले बरामद गरेको हो।
सशस्त्र प्रहरी बललाई देख्नेबित्तिकै गाँजा बोकेका व्यक्तिहरु सोही स्थानमा गाँजा छाडेर भागेका थिए। बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।