काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि पक्राउ पुर्जी जारी भएर १० दिनदेखि फरार एमाले नेता टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परे।
जिल्ला प्रहरी परिसरको टोलीले उनलाई सोमबार म्यादका लागि जिल्ला अदालत काठमाडौं पुर्याएको थियो।
अदालतमा जाँदै गर्दा गाडीबाट ओर्लिएपछि टोपबहादुरको मुहारमा मुस्कान देखियो। उनको तस्बिर लिनका लागि अदालत परिसरमा उपस्थित सञ्चारकर्मीतर्फ फर्किँदै रायमाझी मुस्कुराए र हात हल्लाउँदै अदालतभित्र प्रवेश गरे।
उनलाई सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको थियो। त्यहाँ सबै तयारी पूरा भएपछि मात्र प्रहरीले जिल्ला अदालत पुर्याएको थियो। उनलाई अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।