काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ। सोमबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित २ वटा कार्यसूची रहेका छन्।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पेस गर्न लागिएको हो।
बस्नेतको ७८ वर्षको वैशाख २९ गते (शुक्रबार) निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।