• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘दक्षिण भारत बीजेपीमुक्त भयो नै, यो मोदी र शाहको अपमानजनक हार हो’

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३१, २०८०  २१:१८
1140x725

काठमाडौं– ‘यो भाजपाको अपमानजनक हार हो। सिङ्गो भाजपा र प्रधानमन्त्रीको पराजय हो। यो हार अमित शाहको पनि हो, जसले निर्वाचनको संयोजन र सूक्ष्म व्यवस्थापन गरेका थिए। तर यो निर्वाचनबाट दक्षिण भारत बीजेपीमुक्त हुन पुग्यो,’ इतिहासकार रामचन्द्र गुहा द वायरमा करण थापरसँगको अन्तर्वाताको क्रममा भन्छन्,‘त्यसकारण यो सांगठनिक रुपमा र व्यक्तिगत रुपमा प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको अपमानजनक हार हो।’

इतिहासकार गुहाले बिहीबार भारतको दक्षिण भागमा पर्ने प्रान्त कर्नाटकमा भएको विधान सभा निर्वाचनमा सत्ताधारी भारतीय जनता पार्टीको हारलाई त्यसका ‘सुप्रिमो’ प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पराजय रहेको टिप्पणी गरे। गुहा पनि यही क्षेत्रका मतदाता हुन्।

उनको मोदि सत्तासँग नोंकझोक चलिरहन्छ। अल्पसंख्यकको कहिले सडकमा त कहिले आन्दोलनमा समर्थन गर्दै भाषण गर्न विश्वविद्यालय पुग्ने गुहाले भाजपाको पराजयले शान्तिपूर्ण कर्नाटक पुनरागमन हुने औंल्याए। 

एकछिन गुहालाई यहिँ छोडौं, चर्चा गरौं पछिल्लो संसद्को र अहिलेको निर्वाचनको मतपरिणामको

बिहीबार भएको चुनावमा जनताको उल्लेख्य सहभागिता रह्यो। करिब ७३ प्रतिशतले मतदानमा सहभागिता जनाएर इतिहासै कायम गरे। मतदानको उक्त इतिहासले कांग्रेस आईलाई स्पष्टरुपमा बहुमत दिलायो। पछिल्लो संसद् त्रिशंकु थियो।

सन् २०१८ मा भएको विधान सभा निर्वाचनमा कांग्रेसले ८० सिट जितेको थियो। यो निर्वाचनमा त्यसमा ५५ थप्दै १३५ सिटमा जित हासिल गरेको छ। बीजेपी भने ६६ सिटमा खुम्चिएको छ। चुनावी कमाण्डर अमित शाहले हप्ता दिनअघि आफूहरुले १५० सिट जित्ने भाषण गरिरेहका थिए भने प्रधानमन्त्री मोदी कर्नाटक र संघीय सरकार भाजपाको हुने र त्यसलाई 'डबल इन्जिनको सरकार' भन्नुपर्ने सिकाउँदै थिए। 

तर, नतिजाले भाजपालाई प्रतिपक्षी बेञ्चमा पुर्‍याइदियो। यसैलाई लक्षित गर्दै इतिहासकार गुहाले भाजपा हारको मुख्य श्रेय मोदी र शाहलाई जाने बताएका हुन्। तर यो जितहारमा कर्नाटकको इतिहासलाई पनि श्रेय दिनुपर्ने एकथरी बताउँछन्। कर्नाटकमा लगातार दोस्रोपटक कुनै पार्टीलाई जनताले शासन गर्न मौका नदिएको इतिहास छ। पछिल्लो सरकार भाजपाको थियो। त्यसो त भाजपा ९ वर्षदेखि नै सत्तामा भने छ। कर्नाटकको सरकारको नेतृत्व परिवर्तन गर्ने सिलसिला १९८५ देखि नै चल्दै आइरहेको छ।

गुहाले भनेको कुरालाई बल पुर्‍याउने अर्को तथ्य पनि बलियो छ। यहाँ चुनाव घोषणा भएपछि प्रधानमन्त्री मोदीले २० भन्दाबढी र्‍याली र रोड शोहरु गरे। तर, बीजेपीका लागि ती र्‍याली तथा रोड शोहरु फाइदाजनक भएनन्। मोदीले रोड शो गरेका विधान सभा क्षेत्रमध्ये बीजेपीले ५ ठाउँमा मात्रै जित हासिल गर्‍यो। जबकी कांग्रेसले १३ ठाउँमा जित हासिल गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

संघीय सदनमा थोरै सांसदहरुको संख्यासहित प्रतिपक्षी बेञ्चमा रहेको कांग्रेस कर्नाटकमा हासिल गरेको जितले २०२४ मा हुने लोकसभा निर्वाचनबाट बलियो हुनेमा आत्मविश्वास देखाउन थालेको छ। तर केही साता अघि राहुल गान्धीमाथि एउटा पुरानो राजनीतिक भाषणलाई लिएर सांसद् पद खारेजीमा पारिदिएपछि भाजपा इतर सबै दलहरुले मोर्चाबन्दी कसेका छन्। 

यसलाई कांग्रेसले कसरी जोगाएर अघि बढाउँछ त्यो आउने दिनहरूले बताउनेछन्। तर, अहिलेको सत्य के हो भने कर्नाटकको जितले कांग्रेसको साहस बढेको छ। तर, भारतका मतदाता विधानसभा र लोकसभा चुनावमा जनादेश अलग–अलग प्रकारले दिने गरेका छन्। जस्तै राजस्थानमा २०१८ को विधान सभा चुनावमा कांग्रेसले जित हासिल गरेको थियो। तर, लोकसभा चुनावमा राजस्थानका २५ सिटमध्ये २४ सिटमा बीजेपी विजयी भएको थियो। 

यस्तै प्रकारको नतिजा मध्यप्रदेश र छत्तीसगढमा पनि आएको थियो। त्यसकारण कांग्रेसले २४ को निर्वाचनमा यही जितलाई लिएर उत्ति खुशी भइहाल्न हतार हुने देखिन्छ। कांग्रेस आफैं पनि कर्नाटकमा विधान सभा चुनाव जितेर लोकसभामा पनि जित मिल्छ भन्नेमा आश्वस्त छैन। 

के त्यसो भए कर्नाटकमा भाजपाको पराजयले प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलै नोक्सान व्यहोर्छन्?
यो सवालमा भने बहस सुरु भएको छ। अर्को वर्ष हुने लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको बाटो कठिन भएको हो? के मोदीको लोकप्रियता घट्दैछ? के कांग्रेसले अब भाजपालाई हराउन सक्छ?

Xtrem

Xtrem

कर्नाटकमा कांग्रेसको जितसँगै अर्को वर्ष हुने लोकसभा चुनावमा भाजपा विरोधी क्याम्पको नेतृत्व गर्न सक्ने दाबी भने बलियो भएको छ। तर वरिष्ठ पत्रकार नीरजा चौधरी कर्नाटक विधानसभाको चुनावी नतिजाकै आधारमा नरेन्द्र मोदीको लोकप्रियतालाई कम आकलन गर्न हतार हुने बताउँछिन्। 

नीरजा चौधरी भन्छिन्,‘कर्नाटकमा भाजपाको स्थानीय नेतृत्व कांग्रेसको भन्दा धेरै कमजोर थियो। भाजपासँग एकाधबाहेक कोही बलियो नेता छैनन्। ती पनि धेरै अलोकप्रिय बनेका थिए। यसर्थ, कर्नाटकमा कांग्रेसको जित मोदीको अलोकप्रियताले मात्र भएको हो भन्ने मलाई विश्वास लाग्दैन।’
 
आसन्न निर्वाचनहरुलाई हेर्ने हो भने भाजपाभन्दा कांग्रेसले अझै धेरै कठिनाइको सामना गर्नुपर्नेछ। कांग्रेसका राजस्थानका नेताहरु दुई स्वरमा कुरा गर्दैछन्। त्यहाँ हुने निकट विधान सभा निर्वाचनमा कांग्रेसलाई त्यही विवादले हानी गर्न सक्छ। यस्तै, मध्यप्रदेशमा पनि कांग्रेसभित्र कलह छ। यता, राजस्थान र मध्य प्रदेशमा बीजेपी भित्र त्यस्तो कलह छैन। त्यसर्थ, कांग्रेस बलियो र बिजेपी सकियो भन्ने डिस्कोर्स बनाउन हतार हुने चौधरीको तर्क छ।

कर्नाटक निर्वाचनको सन्देश के हो त?
राहुल गान्धीको ‘भारत जोडो’ यात्रामा संलग्न रहेका चर्चित राजनीतिक कार्यकर्ता योगेन्द्र यादव कर्नाटक चुनावको नतिजा त्यति तटस्थ नहुने बताउँछन्।

योगेन्द्र यादवले द प्रिन्टमा लेखेका छन्,‘कर्नाटक चुनावको नतिजापछि उत्साहित कांग्रेसीहरूले भाजपाको अन्त्यको घोषणा गर्न सक्छन्। मलाई विश्वास छ कि यो नतिजाले मनोवैज्ञानिक प्रभाव भने पार्नेछ। कांग्रेसको जीतले भाजपालाई पनि हराउन सक्छ भन्ने सन्देश हो।’ 

यादवको जोड यो जितले भाजपा हारिसक्यो भन्न नहुने छ। यस्तै, तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह सरकारका आर्थिक सल्लाहकार कौशिक बसुले कांग्रेसको जितमा लेखेका छन् ‘कर्नाटकले आज जे गर्छ, भोलि भारतले गर्छ।’ फेरि गुहातर्फै फर्कौं । उनी थापरसँगै कांग्रेसको जितबारे भन्छन्,‘यो कांग्रेसका लागि निकै प्रभावशाली र सशक्त जित हो।’
(बीबीसी, द वायरलगायतको सहयोगमा)

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन
सम्बन्धित सामग्री
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्