• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘दक्षिण भारत बीजेपीमुक्त भयो नै, यो मोदी र शाहको अपमानजनक हार हो’

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३१, २०८०  २१:१८
1140x725

काठमाडौं– ‘यो भाजपाको अपमानजनक हार हो। सिङ्गो भाजपा र प्रधानमन्त्रीको पराजय हो। यो हार अमित शाहको पनि हो, जसले निर्वाचनको संयोजन र सूक्ष्म व्यवस्थापन गरेका थिए। तर यो निर्वाचनबाट दक्षिण भारत बीजेपीमुक्त हुन पुग्यो,’ इतिहासकार रामचन्द्र गुहा द वायरमा करण थापरसँगको अन्तर्वाताको क्रममा भन्छन्,‘त्यसकारण यो सांगठनिक रुपमा र व्यक्तिगत रुपमा प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहको अपमानजनक हार हो।’

इतिहासकार गुहाले बिहीबार भारतको दक्षिण भागमा पर्ने प्रान्त कर्नाटकमा भएको विधान सभा निर्वाचनमा सत्ताधारी भारतीय जनता पार्टीको हारलाई त्यसका ‘सुप्रिमो’ प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पराजय रहेको टिप्पणी गरे। गुहा पनि यही क्षेत्रका मतदाता हुन्।

उनको मोदि सत्तासँग नोंकझोक चलिरहन्छ। अल्पसंख्यकको कहिले सडकमा त कहिले आन्दोलनमा समर्थन गर्दै भाषण गर्न विश्वविद्यालय पुग्ने गुहाले भाजपाको पराजयले शान्तिपूर्ण कर्नाटक पुनरागमन हुने औंल्याए। 

एकछिन गुहालाई यहिँ छोडौं, चर्चा गरौं पछिल्लो संसद्को र अहिलेको निर्वाचनको मतपरिणामको

बिहीबार भएको चुनावमा जनताको उल्लेख्य सहभागिता रह्यो। करिब ७३ प्रतिशतले मतदानमा सहभागिता जनाएर इतिहासै कायम गरे। मतदानको उक्त इतिहासले कांग्रेस आईलाई स्पष्टरुपमा बहुमत दिलायो। पछिल्लो संसद् त्रिशंकु थियो।

सन् २०१८ मा भएको विधान सभा निर्वाचनमा कांग्रेसले ८० सिट जितेको थियो। यो निर्वाचनमा त्यसमा ५५ थप्दै १३५ सिटमा जित हासिल गरेको छ। बीजेपी भने ६६ सिटमा खुम्चिएको छ। चुनावी कमाण्डर अमित शाहले हप्ता दिनअघि आफूहरुले १५० सिट जित्ने भाषण गरिरेहका थिए भने प्रधानमन्त्री मोदी कर्नाटक र संघीय सरकार भाजपाको हुने र त्यसलाई 'डबल इन्जिनको सरकार' भन्नुपर्ने सिकाउँदै थिए। 

तर, नतिजाले भाजपालाई प्रतिपक्षी बेञ्चमा पुर्‍याइदियो। यसैलाई लक्षित गर्दै इतिहासकार गुहाले भाजपा हारको मुख्य श्रेय मोदी र शाहलाई जाने बताएका हुन्। तर यो जितहारमा कर्नाटकको इतिहासलाई पनि श्रेय दिनुपर्ने एकथरी बताउँछन्। कर्नाटकमा लगातार दोस्रोपटक कुनै पार्टीलाई जनताले शासन गर्न मौका नदिएको इतिहास छ। पछिल्लो सरकार भाजपाको थियो। त्यसो त भाजपा ९ वर्षदेखि नै सत्तामा भने छ। कर्नाटकको सरकारको नेतृत्व परिवर्तन गर्ने सिलसिला १९८५ देखि नै चल्दै आइरहेको छ।

गुहाले भनेको कुरालाई बल पुर्‍याउने अर्को तथ्य पनि बलियो छ। यहाँ चुनाव घोषणा भएपछि प्रधानमन्त्री मोदीले २० भन्दाबढी र्‍याली र रोड शोहरु गरे। तर, बीजेपीका लागि ती र्‍याली तथा रोड शोहरु फाइदाजनक भएनन्। मोदीले रोड शो गरेका विधान सभा क्षेत्रमध्ये बीजेपीले ५ ठाउँमा मात्रै जित हासिल गर्‍यो। जबकी कांग्रेसले १३ ठाउँमा जित हासिल गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

संघीय सदनमा थोरै सांसदहरुको संख्यासहित प्रतिपक्षी बेञ्चमा रहेको कांग्रेस कर्नाटकमा हासिल गरेको जितले २०२४ मा हुने लोकसभा निर्वाचनबाट बलियो हुनेमा आत्मविश्वास देखाउन थालेको छ। तर केही साता अघि राहुल गान्धीमाथि एउटा पुरानो राजनीतिक भाषणलाई लिएर सांसद् पद खारेजीमा पारिदिएपछि भाजपा इतर सबै दलहरुले मोर्चाबन्दी कसेका छन्। 

यसलाई कांग्रेसले कसरी जोगाएर अघि बढाउँछ त्यो आउने दिनहरूले बताउनेछन्। तर, अहिलेको सत्य के हो भने कर्नाटकको जितले कांग्रेसको साहस बढेको छ। तर, भारतका मतदाता विधानसभा र लोकसभा चुनावमा जनादेश अलग–अलग प्रकारले दिने गरेका छन्। जस्तै राजस्थानमा २०१८ को विधान सभा चुनावमा कांग्रेसले जित हासिल गरेको थियो। तर, लोकसभा चुनावमा राजस्थानका २५ सिटमध्ये २४ सिटमा बीजेपी विजयी भएको थियो। 

यस्तै प्रकारको नतिजा मध्यप्रदेश र छत्तीसगढमा पनि आएको थियो। त्यसकारण कांग्रेसले २४ को निर्वाचनमा यही जितलाई लिएर उत्ति खुशी भइहाल्न हतार हुने देखिन्छ। कांग्रेस आफैं पनि कर्नाटकमा विधान सभा चुनाव जितेर लोकसभामा पनि जित मिल्छ भन्नेमा आश्वस्त छैन। 

के त्यसो भए कर्नाटकमा भाजपाको पराजयले प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलै नोक्सान व्यहोर्छन्?
यो सवालमा भने बहस सुरु भएको छ। अर्को वर्ष हुने लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको बाटो कठिन भएको हो? के मोदीको लोकप्रियता घट्दैछ? के कांग्रेसले अब भाजपालाई हराउन सक्छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कर्नाटकमा कांग्रेसको जितसँगै अर्को वर्ष हुने लोकसभा चुनावमा भाजपा विरोधी क्याम्पको नेतृत्व गर्न सक्ने दाबी भने बलियो भएको छ। तर वरिष्ठ पत्रकार नीरजा चौधरी कर्नाटक विधानसभाको चुनावी नतिजाकै आधारमा नरेन्द्र मोदीको लोकप्रियतालाई कम आकलन गर्न हतार हुने बताउँछिन्। 

नीरजा चौधरी भन्छिन्,‘कर्नाटकमा भाजपाको स्थानीय नेतृत्व कांग्रेसको भन्दा धेरै कमजोर थियो। भाजपासँग एकाधबाहेक कोही बलियो नेता छैनन्। ती पनि धेरै अलोकप्रिय बनेका थिए। यसर्थ, कर्नाटकमा कांग्रेसको जित मोदीको अलोकप्रियताले मात्र भएको हो भन्ने मलाई विश्वास लाग्दैन।’
 
आसन्न निर्वाचनहरुलाई हेर्ने हो भने भाजपाभन्दा कांग्रेसले अझै धेरै कठिनाइको सामना गर्नुपर्नेछ। कांग्रेसका राजस्थानका नेताहरु दुई स्वरमा कुरा गर्दैछन्। त्यहाँ हुने निकट विधान सभा निर्वाचनमा कांग्रेसलाई त्यही विवादले हानी गर्न सक्छ। यस्तै, मध्यप्रदेशमा पनि कांग्रेसभित्र कलह छ। यता, राजस्थान र मध्य प्रदेशमा बीजेपी भित्र त्यस्तो कलह छैन। त्यसर्थ, कांग्रेस बलियो र बिजेपी सकियो भन्ने डिस्कोर्स बनाउन हतार हुने चौधरीको तर्क छ।

कर्नाटक निर्वाचनको सन्देश के हो त?
राहुल गान्धीको ‘भारत जोडो’ यात्रामा संलग्न रहेका चर्चित राजनीतिक कार्यकर्ता योगेन्द्र यादव कर्नाटक चुनावको नतिजा त्यति तटस्थ नहुने बताउँछन्।

योगेन्द्र यादवले द प्रिन्टमा लेखेका छन्,‘कर्नाटक चुनावको नतिजापछि उत्साहित कांग्रेसीहरूले भाजपाको अन्त्यको घोषणा गर्न सक्छन्। मलाई विश्वास छ कि यो नतिजाले मनोवैज्ञानिक प्रभाव भने पार्नेछ। कांग्रेसको जीतले भाजपालाई पनि हराउन सक्छ भन्ने सन्देश हो।’ 

यादवको जोड यो जितले भाजपा हारिसक्यो भन्न नहुने छ। यस्तै, तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह सरकारका आर्थिक सल्लाहकार कौशिक बसुले कांग्रेसको जितमा लेखेका छन् ‘कर्नाटकले आज जे गर्छ, भोलि भारतले गर्छ।’ फेरि गुहातर्फै फर्कौं । उनी थापरसँगै कांग्रेसको जितबारे भन्छन्,‘यो कांग्रेसका लागि निकै प्रभावशाली र सशक्त जित हो।’
(बीबीसी, द वायरलगायतको सहयोगमा)

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति चक्रवातका कारण रूख, बिजुलीको पोल ढलेपछि फरक फरक ठाउँमा तीन जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ। बुधबार, कात्तिक ११, २०८३
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी ‘मैले दुवै देशका प्रधानमन्त्रीलाई फोन गरेर युद्ध जारी राखे दुवैमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने र अमेरिकामा व्यापार गर्न नसक्ने... बुधबार, कात्तिक ११, २०८३
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर नेपालमा रहँदा राज्यसचिव डा. कोफ्लरले जर्मनी-नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्