काठमाडौं- कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा बजेट निर्माण गर्दा मन्त्रीहरुले सांसदसँग छलफल नगरेको विषयमा कुरा उठेको छ। सांसदहरुका तर्फबाट सभामुख देवराज घिमिरे समक्ष उपस्थितहरुले उक्त कुरा राखेका हुन्।
सांसदका तर्फबाट गुनासो सुनेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिएको बताएका छन्।
‘माननीयहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘मन्त्रीहरुको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ। बजेट निर्माण गर्दा माननीयहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ।’
यसैगरी कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने, तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने, संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेस गर्ने तयारी तथा पोशाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।