काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाको चरित्रहत्या गरिएको भन्दै नेपाल तरुण दलले आपत्ति जनाएको छ।
आइतबार नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरु प्रकाशन भएको भन्दै आपत्ति जनाइएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउने कार्य गम्भीर अपराध भएको भन्दै यसप्रति सबै सरोकारवालाहरुलाई सचेत रहन तरुण दलले आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।