सर्लाही– स्रोत नखुलेको ८ लाख रुपैयाँसहित सशस्त्र प्रहरी बलले भारतीय मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित भन्सार इलाकाबाट शनिबार प्रहरीले बीआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको हो।
मोटरसाइकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको १ हजार दरको ७०० थान र ५०० दरको २०० थान नेपाली रुपैयाँसहित फेला परेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आबश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।