काठमाडौं– बालुवाटारमा जारी तीन दलका शीर्ष नेताहरूको बैठकमा संसदका सचेतकहरूको प्रवेश भएको छ।
आइतबार बिहान कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको छ।
छलफलमा सचेतकहरूको पनि प्रवेश भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
‘संसदको प्रभावकारिता, आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर उहाँहरू छलफलमा हुनुहुन्छ,’ सचिवालय स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।