काठमाडौं– जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनोट गर्न पार्टी समिति र संगठनहरूले पालना गनुपर्ने नियम बनाएको छ।
विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरूलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गनुपर्ने बताइएको छ।
छनोट हुने प्रतिनिधि कम्तिमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई काम गरेको हुनुपर्नेछ। प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गनुपर्ने छ।
भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफू सम्वद्ध संगठनमा कम्तिमा ५ वर्ष निरन्तर संगठित भई काम गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने छ।
सबै प्रदेश, जिल्ला तथा जनवर्गीय/भ्रातृसंगठन लगायतका समितिले प्रतिनिधि छनोट गरिएको सम्बन्धित समितिको माइन्यूट अर्थात् निर्णयको प्रतिलिपि समेत केन्द्रीय कार्यालयमा जेष्ठ २५ गतेसम्म पठाइ सक्नपर्ने छ।
निर्वाचन वा अन्य समयमा पार्टी अनशासन उल्लङ्घन गरी पार्टी बिरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन पाउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।