• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेको निर्णय- शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबाब बिना छानबिन गर्नुपर्छ [पूर्णपाठ]

लडाकू शिविर घोटला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन गर्न आह्वान
64x64
नेपाल लाइभ शनिबार, वैशाख ३०, २०८०  १७:५१
1140x725

काठमाडौं- नेकपा एमालेले शरणार्थी प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाब बिना निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गरेको छ। बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबाट शनिबार पारित समसायिक प्रस्तावमा सो विषय समेटेको हो।

‘सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति संगठित रुपमा अघि बढाइएको रहेछ भन्ने भन्ने देखिन्छ भने अर्कोतिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ’, पारित प्रस्तावमा शरणार्थी प्रकरणबारे उल्लेख छ।

एमालेले हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफू अनुकूल बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएको एमालेको भनाइ छ।

‘हमीले सुरुदेखि भन्दै आएको- दोषी कोही नछुटून् र निर्दोष कोही दफसून भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ’, निर्णयमा भनिएको छ, ‘राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ।’ 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सहयोग पुर्‍याएको आरोप लागेका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर उनी गत २० गतेदेखि नै सम्पर्कविहीन छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाण भने पक्राउ परेका छन्।

एमाले बैठकले लडाकू शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गरेको छ। ‘यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ’, निर्णयमा भनिएको छ।

यस्तो छ, एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठकका निर्णय:

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
केन्द्रीय कमिटी पाँचौँ बैठक
(२८-३० वैशाख, २०८०)
समसामयिक प्रस्तावहरु

Ncell 2
Ncell 2

विशेष प्रस्ताव: मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको छ। भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदैछ। राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको छ। अस्थिरता र अराजकताका प्रवृत्तिहरु झाँगिन खोज्दैछन्। यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक क्षेत्रमा देखा परेको अस्थिरताका प्रवृत्तिहरुलाई नियन्त्रण गर्दै स्थायित्व र स्थिरता कायम गर्न र सामाजिक क्षेत्रमा हुर्किँदै गएको अराजकतालाई नियन्त्रण गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरुबीच न्यूनतम समझदारी बन्नु आवश्यक छ। केन्द्रीय कमिटीको यो बैठक यिनै उद्देश्यका साथ राष्ट्रिय राजनीतिक दलहरुका बीचमा समझदारी निर्माणका लागि पहलकदमी लिने निर्णय गर्दछ।

प्रस्तावहरू:

१) हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा संविधानसभाका सदस्य कमरेड बालकृष्ण ढुङ्गेल, गत बर्ष पार्टीद्वारा ‘कम्युनिस्ट योद्धा‘ सम्मानबाट सम्मानित पुराना नेता कमरेड वसन्त गौचन, हाम्रो पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य कमरेड खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामबहादुर दानी, प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा हत्या गरिनुभएका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडी, मिसन ग्रासरुट अभियानका क्रममा प्युठानमा दुर्घटनामा परी निधन हुनुभएका कमरेड रामबहादुर थापा (गोपाल), नेपाल खेलकुद महासंघको राष्ट्रिय अधिवेशनका क्रममा दुर्घटनामा परी निधन हुनुभएका कमरेड प्रकाश महत, राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय अधिवेशन प्रतिनिधि कमरेड जीवनबाबु पन्तलगायत यस अवधिमा दिवंगत हुनुभएका पार्टीका नेता-कार्यकर्ताहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै, उहाँहरुले पार्टी तथा आन्दोलनमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।

२) २०६२/६३ को जनआन्दोलनका क्रममा निरङ्कुश शाही सरकारको गोली लागी घाइते हुनुभएका काभ्रेका मुकेश कायस्थको निधनप्रति यो बैठक गहिरो दुःख व्यक्ति गर्दछ। जनआन्दोलनका ‘जिउँदा शहीद‘ मुकेश कायस्थले आन्दोलनमा सहभागी हुने क्रममा लागेको गोलीका कारण १७ बर्षसम्म हिँडडुल तथा बोलचाल गर्न नसक्ने पीडादायी अवस्थाबाट गुज्रिनु पर्‍यो। नेपाली जनताको परिवर्तन र रुपान्तरणका आकाङ्क्षालाई सघाउन आफ्नो ज्यानको बाजी लगाएर दिनुभएको योगदानको उच्च सम्मान गर्दै हाम्रो पार्टी शहीद मुकेश कायस्थप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।

३) हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि हालै झापा, इलाम, पाँचथर र तेह्रथुममा गरिएको साङ्घातिक आक्रमणको प्रयासलाई बैठकले निकै गम्भीर रुपमा लिएको छ। मुलुकमा मुठभेड निम्त्याउने, राजनीतिक दलहरुबीच द्वन्द्व सिर्जना गर्ने, सामाजिक सद्भाव बिथोल्ने, नेकपा (एमाले) पङ्क्तिको मनोबल कमजोर बनाउने र अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने प्रयासस्वरुप हाम्रा अध्यक्षमाथि भएको यस प्रकारको आपत्तिजनक, अराजनीतिक र आपराधिक दुष्प्रयासको यो बैठक घोर निन्दा तथा भत्सर्ना गर्दछ। मुलुकको पूर्वप्रधानमन्त्री तथा संसद्मा प्रमुख विपक्षी दलको नेतामाथि यस प्रकारको आपत्तिजनक कार्य हुँदासमेत शान्ति-सुरक्षाको न्यूनतम दायित्वबाट विमुख हुँदै मुकदर्शक बनेकोमा सरकारप्रति यो बैठक खेद प्रकट गर्दछ। साथै, नेकपा (एमाले) को नेतृत्वमाथि यस्ता हर्कतहरु नदोहोर्‍याउन यो बैठक सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छ।

४) विगत लामो समयदेखि भित्र-भित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी-धन्दा हालै सतहमा आएको छ। सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति सङ्गठित रुपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ। यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ। यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयाश गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन्। हामीले सुरुदेखि भन्दै आएको- दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ। राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ।

५) नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा रहँदै आएको छ। यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ। यो बैठक लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ। यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ।

६) पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरुको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको छ। व्यापारीका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा राखेर उनीहरुका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरुप यतिबेला मुलुक चरम आर्थिक सङ्कटतर्फ धकेलिएको छ। यही गठबन्धनकै सरकारले चालू आर्थिक बर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन्छ भनेर बजेटमा घोषणा गरेकोमा दुई प्रतिशत पनि हुन्छ कि हुन्न भन्ने अवस्था उत्पन्न भएको छ। एकातिर अत्यावश्यक क्षेत्रको बजेट कटौती गरिएको छ भने अर्कातिर बीचको छोटो अवधि हामीले अर्थ मन्त्रालय सम्हाल्दा आर्थिक मितव्ययिता अपनाउन लिइएका निर्णयहरु खारेज गरेर फजुल खर्चलाई निरन्तरता दिइएको छ। फलस्वरुप सामाजिक सुरक्षाको भुक्तानीमा समेत समस्या उत्पन्न भएको छ, सही रुपमा सञ्चालन गर्न हुने उद्योग-व्यवसाय पूरै प्रभावित भएका छन्। नयाँ लाइलेन्स, ठेक्कापट्टा र आयोजना जस्ता विषय सत्ता साझेदारहरुबीचको भागबण्डा र मिलेमतोमा निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरुको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको छ।  यसले व्यवसायीहरु अत्यन्त हतोत्साहित र निराश बन्न पुगेका छन्। व्यवसाय बन्द हुने र उनीहरु पलायन हुने क्रम बढेको छ। यस्ता क्रियाकलापहरुले राष्ट्रलाई असफल दिशामा लैजाने खतरा बढेकाले हाम्रो पार्टी गम्भीर र चिन्तित छ। अतः यो बैठक मुलुकको बिग्रिँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता प्रकट गर्दै यस्ता हर्कतहरु बन्द गर्न चेतावनी दिँदै अर्थतन्त्र्रप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ।

७) विगत लामो समयदेखि मिटर ब्याजपीडित नागरिकहरु समस्या समाधानका लागि धर्ना तथा प्रदर्शनमा उत्रिएका छन् भने लघुवित्त र अन्य वित्तीय संस्थाहरुबाट पीडितहरुले आफ्नो समस्या समाधानका लागि बारम्बार आग्रह गरिरहेका छन्। आधारभूत तहका नागरिकका यस्ता समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो बैठक ती समस्याहरु अविलम्ब समाधान गर्नका लागि आवश्यक कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाउन र तत्काल समाधान गर्न सरकारसँग माग  गर्दछ।

८) आम नागरिकले थेग्नै नसक्ने गरी महङ्गी बढिरहेको छ। सरकारका गलत आर्थिक नीति, कालो बजारीलाई प्रश्रय, अनुगमनको अभाव, अनियन्त्रित बजार जस्ता कुराले तीब्र रुपमा मूल्य वृद्धि भइरहेको छ। एकातिर बजारमा शिथिलता आएको छ र रोजगारीका अवसरहरु घटेका छन्, आय-आर्जनका सामान्य विकल्पहरु पनि बन्द भएका छन् भने अर्कातिर बजार भाउ अचाक्ली बढेकाले नागरिकको चूल्हो बाल्नै धौ-धौ भइरहेको छ। किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन्, रासायनिक मलखादको अभाव छ र यही बीचमा मलको मूल्यवृद्धि गरिएको छ। यसबाट आम जनता ठूलो मारमा परेका छन्। यो बैठक नागरिकले दैनिन्दिन भोगिरहेको समस्याप्रति संवेदनशील हुँदै महङ्गी नियन्त्रण गर्नका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछ।

९) मुद्रास्फीति हुँदा, अत्यधिक मूल्य वृद्धि हुँदा र अरु क्षेत्रमा पारिश्रमिक समायोजन हुँदासमेत श्रमिकहरुको न्यूनतम ज्याला वृद्धि भएको छैन। यसबाट आम श्रमजीवी वर्गप्रति सरकारको उदासीनता र अनुत्तरदायीपन प्रस्ट हुन्छ। यसप्रति चिन्ता प्रकट गर्दै यो बैठक सबै क्षेत्रमा कार्यरत श्रमिकहरुलाई बदलिँदो अवस्था अनुसार जीवनयापन गर्न पुग्ने गरी ज्याला वृद्धि गर्न जोडदार माग गर्दछ।

१०) नेपाली जनताले लामो र कठिन सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्ने काम अझै पूरा भइसकेको छैन भने जनताका प्रतिनिधिद्वारा संविधानसभामार्फत् निर्मित संविधानको समेत पूर्ण रुपमा कार्यान्वयन हुन बाँकी नै छ। संविधान र गणतन्त्रलाई थप समृद्ध र विकसित बनाउनुपर्नेमा अदालतको समेत दुरुप्रयोग गरी संविधानको अपव्याख्या गर्ने, मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्ने र गठबन्धन सरकारका गलत नीतिका कारण सिङ्गो प्रणालीलाई नै बद्नाम बनाउने जस्ता कामहरु भइरहेको मौका छोपी कतिपय तत्वहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्ने कुचेष्टा गरिरहेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टीलाई यस्ता कुनै पनि कार्य स्वीकार्य नभएको स्पष्ट पार्दै यो बैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरोधी हर्कत बन्द गर्न सम्बन्धित सबैलाई सजग गर्न चाहन्छ।

११) नेकपा (एमाले) सुशासन, समृद्धि, गणतन्त्र, लोकतन्त्र, संविधान र अग्रगमनका पक्षमा दृढतापूर्वक उभिँदै र त्यसका लागि जीवन समर्पित गर्दै आएको पार्टी भएकोमा कहीँ कतै दुविधा छैन। भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, नागरिकलाई सहज सेवाप्रवाहको व्यवस्था, राज्यका नियामक निकायहरुको सवलीकरण जस्ता कुरामा हामीले निर्णायक काम गरेका छौँ। हामी सरकारमा हुँदा ठूल्ठूला काण्डहरुको छानबिन गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइएको तथ्य सार्वजनिक नै छ। हालसम्म अदालतमा दायर भएका मुद्दा र तिनमाथि भएका फैसलालाई मात्र हेर्दा पनि कुन राजनीतिक दलको सुशासनप्रतिको निष्ठा कति छ भन्ने प्रस्ट हुन्छ। यस्तो अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा जबर्जस्ती रुपमा हाम्रो पार्टीका नेताहरुको नाम जोडेर भ्रम फैलाउने काम केही सञ्चारमाध्यमहरुबाट भइरहेको छ। यो बैठक यस्ता भ्रमपूर्ण अफवाहहरुलाई नेकपा (एमाले) का विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको कडीका रुपमा लिँदै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई आग्रह गर्दछ। साथै,पत्रकारिताको आधारभूत मान्यता पालना गर्न सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दछ।

१२) यो बैठक लामो समयदेखि थाँती रहेको प्रदेशको नाम ‘कोशी’ का रुपमा नामाङ्कन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेकोमा तत्कालीन १ नं प्रदेशसभालाई हार्दिक वधाइ ज्ञापन गर्दछ। समग्र मुुलुक जस्तै त्यो प्रदेश पनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताले युक्त प्रदेश हो। यस प्रदेशलाई बहुपहिचान झल्किने गरी कोशी प्रदेश नामाकरण गरिनु उचित र स्वाभाविक हो भन्ने पार्टीको मान्यता रहेको छ। प्रदेशसभाको ९० प्रतिशतभन्दा बढी सदस्यहरुको सहभागिता र लामो छलफलपश्चात् भएको यस नामाकरणको विरोधको कुनै औचित्य देखिँदैन। कुनै पनि विषयमा शान्तिपूर्ण रुपमा आफ्ना असहमति राख्न पाउने लोकतान्त्रिक अधिकारलाई संविधानले प्रत्याभूत गरेको छ। तर वैधानिक सभाले वैधानिक र लोकतान्त्रिक विधिबाट गरेको नामाकरणको विरोधका क्रममा जातीय सद्भाव खल्बल्याउने, साम्प्रदायिक विद्वेष फैलाउने, समाजमा अराजकता फैलाउने र यसलाई नेकपा (एमाले) र यसबाट निर्वाचित मुख्यमन्त्रीका विरुद्ध राजनीतिक हतियारका रुपमा प्रयोग गर्ने गरी देखा परेका घटनाहरु कुनै पनि अर्थमा उचित, लोकतान्त्रिक र जनचाहना अनुरुप छैनन्। यो बैठक यस्ता कुनै पनि अतिवादी, साम्प्रदायिक र जनविरोधी क्रियाकलापमा सङ्लग्न नहुन सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ।

१३) सुख्खा मौसमका कारण देशका विभिन्न भागमा भएका आगजनीका घटनाबाट नागरिकहरुले ज्यान गुमाइरहेका छन्। यसक्रममा अर्घाखाँचीमा ४ जनाको ज्यान गएको छ भने दैलेख जिल्लाको आठबीस नगरपालिका-६ मा गत वैशाख २७ गते जंगलमा लागेको आगोमा परी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरिरहेका १ जनाको ज्यान गएको छ भने ९ जना  घाइते हुनुभएको छ। बाँके, गुल्मी लगायत जिल्लामा पनि आगलागीका कारण जनधनको ठूलो क्षति भएको छ। आगलागीमा परी ज्यान गुमाउनु हुने मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक उपचाररत सात जनाको शीघ्र स्वास्थ्यलाभको कामनासहित उहाँहरु सबैको स्वास्थ्योपचारको सम्पूर्ण व्यवस्था निःशुल्क रुपमा गर्न सरकारसँग जोडदार माग गर्दछ।

१४) राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसको सन्दर्भ पारेर प्रत्येक वर्ष जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाइँदै आएको छ। यस वर्षको युवा दिवसका सन्दर्भमा नेपालका सबै युवा विद्यार्थीहरुमा यो बैठक हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्दछ र युवा दिवसका सन्दर्भमा जेठ १ गते आयोजना हुने विशेष कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबै जनसङ्गठनहरु र आम जनसमुदायलाई समेत आह्वान गर्दछ।

१५) आगामी जेठ ३ गते ३० औं मदन-आश्रित स्मृति दिवसलाई उहाँहरुको सम्झना र नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको योगदानको विशेष परिचर्चा सहित भव्य रुपमा मनाउन सबै मातहत कमिटीलाई यो बैठक आह्वान गर्दछ।

१६) २०७९ फागुन ५ गतेबाट २०८० वैशाख ९ गतेसम्म हाम्रो पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट‘ (पार्टी सदृढीकरण र विस्तार अभियान) भव्य रुपमा सम्पन्न भएको छ। यस अभियानका क्रममा पार्टी केन्द्रको योजना र निर्देशन बमोजिम तोकिएको कार्यक्षेत्रमा खट्ने केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका नेता कमरेडहरुका साथै सबै कमरेडहरुलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ। हाम्रो अभियानका क्रममा नेकपा (एमाले) प्रति दर्शाएको सद्भाव र विश्वासका लागि जनसमुदायप्रति आभार व्यक्त गर्दै यो बैठक विभिन्न कार्यक्रमका माध्यमबाट पार्टीलाई सुझाव र सल्लाह दिनु हुने सबै संस्था र महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्दछ। साथै, देशका कुनाकाप्चासम्म भएका अभियानका गतिविधिहरु समेटेर आम नागरिकसमक्ष निरन्तर पुर्‍याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमहरुप्रति यो बैठक कृतज्ञता ज्ञापन गर्दछ र आगामी दिनमा पनि सकारात्मक सहयोगको अपेक्षा गर्दछ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्र मन्त्री शर्मासँग चिनियाँ राजदूत माओमिङको भेट
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ?
काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको विश्वप्रकाश शर्माको दाबी
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्री शर्मासँग चिनियाँ राजदूत माओमिङको भेट मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले... बुधबार, फागुन १३, २०८२
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ? मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश... बुधबार, फागुन १३, २०८२
काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको विश्वप्रकाश शर्माको दाबी बुधबार महोत्तरीको क्षेत्र नं. ४ स्थित सम्सी बजार पुगेका उपसभा पति शर्माले पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवा... बुधबार, फागुन १३, २०८२
ताजा समाचारसबै
परराष्ट्र मन्त्री शर्मासँग चिनियाँ राजदूत माओमिङको भेट बुधबार, फागुन १३, २०८२
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ? बुधबार, फागुन १३, २०८२
काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको विश्वप्रकाश शर्माको दाबी बुधबार, फागुन १३, २०८२
एमाले पूर्वसांसद जानकी देवी नेकपामा प्रवेश बुधबार, फागुन १३, २०८२
निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्