काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा युवाहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन्।
खाणको निर्वाचन क्षेत्र रुपन्देही- ३ को मणिग्राममा शनिबार बिहान युवाहरुले भ्रष्टाचारको विरोधमा प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। खाण उक्त क्षेत्रमा मंसिर ४ गते भएको निर्वाचनमा पराजित भएका थिए। त्यो क्षेत्रमा राप्रपाका दिपक बोहोरा विजयी भएका थिए।
खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतको अनुमतिले थुनामा छन्। उनलाई थप केही दिन अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले आइतबार पुन: म्याद थप गर्न लैजाने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।