काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठक सुरु भएको हो।
शनिबारको बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने तयारी रहेको छ। एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने अनि नेताहरुलाई परिचालन गर्ने तयारी गरेको छ।
स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने कार्यसूची रहेको छ। केन्द्रीय कमिटी बैठक पनि शनिबार नै सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।