काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार बस्दैछ। शुक्रबार सरेको बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको जानकारी दिएका थिए।
एमालेले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ।
रिजालका अनुसार केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ।
स्थायी कमिटीले तयार गरेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक शुक्रबार सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।