काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट समाप्त हुँदैछ। बैठक बिहीबारदेखि जारी थियो।
बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका थिए। साथै, सल्लाहकार परिषद् तथा केही आयोगका प्रतिवेदन पनि पेश भएका थिए। त्यसपछि पनि मिसन ग्रासरुटका प्रतिवेदनहरु पेश भएका थिए।
प्रतिवेदनहरुमा विभिन्न भौगोलिक र गैरभौगोलिक समूह बनाएर छलफल भएको थियो।
शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। साथै, समसामयिक प्रस्तावहरु पारित गरिनेछन्।
केन्द्रीय कमिटी बैठकअघि शनिबार बिहान ८ बजे स्थायी कमिटी बैठक पनि बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।