काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार विरुद्धको अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन्। कांग्रेस महामन्त्री थापाले शनिबार राजधानीमा हुने भ्रष्टाचार विरुद्धका कार्यक्रमहरुप्रति ऐक्यवद्धता समेत जनाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भ्रष्टाचार विरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीँबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं।’
नागरिकस्तरबाट हुने जनदबाबमुलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्ने थापाले बताएका छन्। उनले भनेका छन्, ‘जनदबाबमुलक अभियानले सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिका कार्यक्रमहरुप्रति ऐक्यबद्धता।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।