काठमाडौं- गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ। सत्ता गठबन्धनमा रहेका दलहरुको सहमतिपछि विस्तार भएको मन्त्रिपरिषद्का सदस्यहरुले सपथ ग्रहणसमेत गरिसकेका छन्।
अर्थ मन्त्रालयको जिम्मेवारी जितप्रकाश आलेले पाएका छन्। यसैगरी कृषि मन्त्री महेन्द्रध्वज जिसी बनेका छन्। दीपेन्द्र थापा उद्योग तथा पर्यटन मन्त्री बनेका छन्।
सरस्वती आर्याल तिवारीलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रेशमबहादुर जुग्जालीलाई भौतिक मन्त्रालय र सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।