• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वातानुकूल एमालेलाई समयानुकूल बन्ने चुनौती

64x64
डिबी खड्का शुक्रबार, वैशाख २९, २०८०  २०:२४
1140x725

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमा जारी छ। पार्टी बैठकमा सामान्यतया प्रयोग गरिने चियापानलाई एमालेले यसपल्ट विस्थापित गरेको छ। गर्मी मौसममा आयोजित बैठकमा चियापानको ठाउँ 'मोहीपान'ले लिएको छ। तातो चियाको ठाउँमा चिसो मोही राखिनुले एमालेजनमा वातानुकूल (मौसम) चेत रहेको दर्शाउँछ। 

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलबाहिर राखिएको चिसो मोही पिएर भित्र पसेका एमाले केन्द्रीय सदस्यहरु अपेक्षित 'कुल' छैनन्। त्यो संकेत मही पिउँदै गर्दै अनौपचारिक रुपमा गफिरहेका नेताहरुबाट प्राप्त हुन्छ। 

एमाले केन्द्रीय कमिटी बैठकअघि मोही बोकेर छेउ लागेका अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले अनपेक्षित रुपमा पार्टी नेताहरुको शैलीमाथि प्रश्न गरिरहेका थिए। गुनासो पोखिरहेका थिए। दृष्य कस्तो देखियो भने कुनै बेला पार्टी नेतृत्व (ओली) को शैलीबाट असन्तुष्ट रहेर फरक समूहमै पुगेका सचिव गोकर्ण विष्टले उनको गुनासो सुन्नुपर्ने बाध्यता आइलाग्यो! 

गुनासोबाट थाकेर 'एडजस्ट' भएका विष्टलाई ओलीनिकट ती नेताले भन्दै थिए, 'कुनै बेला हामीले पार्टीको नेतृत्वमाथि यति धेरै प्रश्न गर्न सक्थ्यौं कि तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले ल्याएको प्रतिवेदन नै संशोधन भएको थियो। प्रस्तावहरु उल्टिन्थे। अहिले त नेतासँग दोहोरो सम्वाद गर्नेसमेत वातावरण छैन।'

झन्डै १० मिनेट उनले विष्टलाई गुनासो सुनाए। ओली गुटभित्रै देखिएको उकुसमुकुस विष्टले महसुस गरे। प्रतिउत्तरमा उनले झन्डै दर्जनपल्ट 'हो कमरेड' मात्रै भने। 'कमरेडली' भावना मासिएकोमा 'बा' पन्थीकै चिन्ता सुनेका विष्टलाई एक वर्षअघि आफूले उठाएको विषय सही रहेको महसुस गरायो होला। बाहिर विष्ट सदाबहार गम्भीर देखिए र आफ्नो अल्पभाषी स्वभाव डगमगाउन नदिएर महीको अन्तिम घुट्को स्वाट्ट पर्दै 'ल त कमरेड' भनेर भित्र पसे। 

२०७० सालको संविधान सभा निर्वाचनपछि निरन्तर उकालो लागेको एमालेको नेप्सेले २०७४ सालको निर्वाचनपछि एकपल्ट उच्चतम बिन्दु छोयो। त्यसपछि घट्न थालेको आमनिर्वाचन र उपनिर्वाचनले प्रष्ट देखाएको छ। ऋणात्मक नै बनिनसकेको एमालेले यही बिन्दुबाट फेरि उकालो यात्रा गर्नुपर्नेछ। त्यसो गर्न नसकेको अवस्थामा पार्टीको सान्दर्भिकतामाथि नै प्रश्न उठ्नेछ। सान्दर्भिकता कायम राख्न एमाले समयानुकूल बन्नुपर्नेछ। 

मिसन ग्रासरुट र हल्लिएको जरा
एमालेका पनि ओलीनिकट नेताहरुकै अनुभूति र अध्यक्ष ओलीको प्रतिवेदनमा निकटता छ। उनीहरुको साझा निष्कर्ष देखिन्छ- यही तरिकाले अब अगाडि बढ्न सकिँदैन। एमालेले दुई महिना चलाएको अभियान 'मिसन ग्रासरुट' ले केन्द्रदेखि स्थानीय नेतासम्मलाई हल्लाएको छ। 

लामो समयदेखि जनताको प्रिय घोषणा गरेर अर्धनिद्रामा हिँडिरहेको एमालेलाई उपनिर्वाचनले ब्युँझाएको छ। उपनिर्वाचन भएका क्षेत्रमा घटेको मतअनुपात हेरेर एमालेले भनेको छ- वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो। 

Ncell 2
Ncell 2
nimb
nimb

मिसन ग्रासरुटबाट एमालेले आफ्नो जरा हल्लिन थालेको महसुस गरेको छ। हाँगाबिँगा झांगिएको जस्तो एमालेलाई जोगाउने भावी पुस्ता एमालेसँग कम हुँदै गरेको महसुस यस क्रममा एमालेले गरेको छ। आफ्नै पार्टीका नेता, कार्यकर्ता, छोराछोरीसमेत पार्टीबाट टाढिएको एमालेले पाएको छ। 

एमालेले केन्द्रीय कमिटीमा निर्धक्क राखेको छ,  'दुई महिने अभियानले संकेत गरेको छ, हाम्रो पार्टी संरचनामा पाका उमेर समूहका नेता/कार्यकर्ताको संख्या अति देखियो। भेलामा उपस्थित साथीहरूको औसत उमेर ४५ को हाराहारीमा थियो। पार्टीमा युवा आकर्षण र युवा सहभागिता कसरी विस्तार गर्ने?'

नयाँ पुस्ताका लागि एमालेका दुई प्रस्ताव छन्- 'देशैभरि छोराछोरी’ र 'भावी वडा नेता'।

एमालेको बुझाइ छ, 'अहिलेका युवाहरु 'आफैं नेता, आफैं प्रधानमन्त्री' जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन्। यसलाई कसरी सम्बोधन गर्ने? के हामी प्रत्येक वडामा १० जनाका दरले भावी वडा नेता कार्यक्रम चलाउन सक्छौं?' ३५ वर्षमुनिका युवालाई लक्षित गरी अभियान चलाउनुपर्ने विषयमा छलफल भइरहेको छ।

Xtrem

Xtrem

मिसन ग्रासरूटमा सम्भावना भएका युवाहरूको खोजी गर्ने एमालेको लक्ष्य थियो। केही पहिचान गरेको छ। अहिलेका युवाहरू 'आफैँ नेता, आफैँ प्रधानमन्त्री" जस्ता न्यारेटिभ्सबाट प्रभावित भएको उक्त अभियानमा पाइएको छ। 

एमालेले पाएका ११ हजार सुझाव कार्यान्वयन कसरी?
मिसन ग्रासरुटका क्रममा एमालेले ११ हजार सुझाव पाएको छ। पार्टीहरुले अहिले गरिरहेकै कामबाट थप उचाइ हासिल गर्न नसक्ने उक्त सुझावबाट एमालेलाई महसुस भएको छ।

त्यसैले एमालेले कामका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने निष्कर्ष निकालेको छ। आर्थिक-सामाजिक रुपान्तरण र जनसरोकारका विषयहरूमा आधारित अभियान तथा जनपरिचालन हुनुपर्ने एमालेले महसुस गरेको छ।

त्यसकारण केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको छ, 'सामाजिक र सामुदायिक क्षेत्रमा हाम्रो पार्टीले बहन गर्नुपर्ने जिम्मेवारी के हुन सक्छ? यस्ता क्षेत्रको विशेषता अनुरूपको भूमिका निर्वाह गर्न सक्ने सक्षम कार्यकर्ता पंक्तिको विकास कसरी गर्न सकिन्छ? उनीहरूलाई कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ?'

जनाधारका क्षेत्रको पहिचान
निर्वाचनमा अर्थ राख्ने क्षेत्रमा पार्टीको प्रभाव कमजोर हुँदै गएको विषयलाई एमालेले केन्द्रीय कमिटीमा महत्वका साथ उठाइरहेको छ। देशको रजाधानीमै जनाधार कमजोर हुँदै गएको विषय एमालेको राजनीतिक प्रतिवेदनमा राखिएको छ।

भनिएको छ, 'राजधानी उपत्यका पार्टी कामका दृष्टिले महत्वपूर्ण क्षेत्र हो। तर पछिल्लो समय यहाँ जनाधार कमजोर र पार्टीको संगठन निष्प्रभावी देखिएको छ।' यसलाई विशेष ध्यान दिएर संगठन बलियो बनाउनुपर्ने एमालेको भनाइ छ। 

निर्वाचन र संगठन निर्माणमा प्रभावशाली मानिएका अन्य दुई क्षेत्र हुन्, सामाजिक सञ्जाल र प्रवास। पछिल्ला निर्वाचनमा यी क्षेत्रबाट पुराना पार्टीले हानि बेहोर्नुपरेको छ। एमालेले यी दुवै क्षेत्रमा प्रभावशाली बन्नका लागि केन्द्रीय कमिटीमै छलफल गरिरहेको छ। 

'प्रचारात्मक काम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग' शीर्षकमै प्रस्ताव राखिएको छ। भनिएको छ, 'पहिले आमसञ्चार पार्टीविपरीत क्रियाशील हुँदा ठूला-ठूला सभा र जनपरिचालनबाट पार्टीले आफ्ना कुरा जनतासमक्ष पुर्या उँथ्यो। छरिएका भ्रमहरू चिर्थ्यो। अहिले 'न्यू मिडिया' को रूपमा डिजिटल मिडिया र सोसल मिडया प्रभावशाली भएपछि पहिलेको प्रक्रियाले हाम्रो आवश्यकता पूरा गरिरहेको छैन। तसर्थ, पार्टीप्रति जनताको आकर्षण वृद्धि र नयाँ पुस्ताबीच पार्टीलाई विस्तार गर्न प्रचारात्मक कामलाई कसरी सुदृढ गर्ने?'

केन्द्रीय सदस्यलाई उपाय सुझाउनका लागि केही प्रश्न गरिएका छन्। जस्तो: प्रचार र सूचना प्रवाहको कामका सोसल मिडियाको सुदुपयोग कसरी गर्ने? सबै प्रकारका सोसल मिडियामा सम्बन्धित तहको पार्टी कमिटी र पार्टी सम्बद्ध जनसंगठनहरूले सञ्जाल कसरी निर्माण गर्ने? पार्टीको योजनामा त्यसको परिचालन कसरी गर्ने?'

एमालेले प्रवासमा वर्षौंदेखि काम गर्दै आएको भए पनि अहिले त्यहाँको काम अपेक्षित प्रभावकारी नभएको एमालेको ठहर छ। अहिले प्रवासीहरु निर्वाचनमा पनि 'निर्णायक' हुन थालेका छन्। रेमिट्यान्स पठाएर घरव्यवहार धानेका उनीहरु निर्वाचनको समयमा परिवारलाई सन्देश पठाउँछन्। उनीहरुले पठाएकै सन्देशका आधारमा परिवारले पार्टी छान्ने गरेको गएका निर्वाचनबाट देखिएको छ। एमालेले यो फ्याक्टरमा समेत आफ्नो प्रभावशाली उपस्थित बनाउने उपायको खोजी यो केन्द्रीय कमिटी बैठकबाट गर्नेछ। 

एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठकले दोस्रो दिन पत्रकार ब्रिफिङमा एमालेलाई पहिलो शक्ति बनाउने गरी केन्द्रीय कमिटीले निर्णय लिने बताएका छन्।  एउटै लय, ताल र बुझाइका साथ नेताहरु निस्किने उनको बुझाइ छ। उनले भने, 'समग्र पहिलो शक्ति हुने गरी पार्टी पंक्ति परिचालनमा जोड दिनेछौं।'

'बा' भनेर अध्यक्षका अगाडि शिर झुकाउने होइन, कमरेड भनेर आँखा जुधाउने कार्यकर्ताको खोजीमा एमाले लाग्ने हो भने रिजालको अपेक्षा यथार्थमा परिणत हुन असम्भव छैन। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह नेपालको भूमिका कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम रहे पनि हिमालमा हिउँ पग्लने, बाढी आउने र ठूलो जनधनको क्षति हुने अवस्... शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता शनिबार, असोज १०, २०८३
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्