काठमाडौं– ‘छैठौँ इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार मध्यान्ह बंगलादेश प्रस्थान गरेका छन्।
शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका हुन्।
उक्त कार्यक्रम भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको हो।
ढाकामा मन्त्री साउदले भारतीय विदेशमन्त्री, बंगलादेशी प्रधानमंत्री लगायत उच्च तहको भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।